2026-10-01 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ | सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविको मुद्दा फिर्ताविरूद्ध युवराज पौडेल सफलसहितले हालेको रिटमा महान्यायाधिवक्ताको कार्यालयका नाममा यस्तो आदेश दिएको हो।

इजलासले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा उल्लेख गरिएको अभियोगपत्र संशोधनसम्बन्धी ‘त्रुटि सच्याइएको’ भनिएको गत माघ २ गतेको टिप्पणी आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयबाट पेश नभएको भन्दै उक्त कागजात झिकाउन निर्देशन दिएको छ। यसका साथै उक्त टिप्पणी आदेशसँग सम्बन्धित अन्य प्रमाणहरू समेत झिकाई यसअघि गत माघ २७ गते भएको आदेशअनुसार मुद्दाको थप प्रक्रिया अगाडि बढाउन भनिएको छ।

इजलासले उक्त मुद्दा तथा सम्बन्धित अन्य मुद्दाहरू समेत सँगै राखी आगामी चैत ९ गते हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष पेश गर्न पनि आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू