2026-10-01 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार

काठमाडौँ | पर्साको पर्सागढी नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि अमानवीय हिंसा गरेका छन्।पर्सागढी–३ बिरुवा टोल बस्ने ३० वर्षीय विशनाथ सहनीले श्रीमती हरिकलादेवी सहनीमाथि धारिलो हतियार ‘दाउ’ प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। गत चैत १ गते भएको सो आक्रमणमा हरिकलादेवीको बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग झन्डै छिनेको अवस्थामा छ। गम्भीर घाइते भएकी सहनीको हाल बाराको सिमरास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

घटना भएको चार दिन बितिसक्दा पनि प्रहरीले अभियुक्त विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन। पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाका आधारमा खोजी कार्य तीव्र पारिएको छ। पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुले घाइते महिलाको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। पीडितको आर्थिक अवस्था कमजोर भएकाले उपचार र कुरुवा खर्च समेत प्रबन्ध गर्ने उनले बताएका छन्।

सांसद कानुले दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू