2026-10-17 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाको २ दिने प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण सुरु गरेको छ । पार्टीको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार चल्ने यो प्रशिक्षणलाई रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनसँग समेत जोडेर हेरिएको छ ।

 

प्रशिक्षणमा प्रदेशका पूर्वीरुकुम बाहेक ११ जिल्लाका जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति, प्रदेश समिति र प्रदेश विभागका पदाधिकारी र सदस्य गरी तीन सय जनाभन्दा बढीको सहभागिता रहेको छ । प्रशिक्षणको पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अर्यालले प्रदेशका १०९ वटै पालिकाको वडादेखि टोलसम्म संगठन विस्तार र प्रशिक्षण चलाउन निर्देशन दिएका छन् ।

 

प्रशिक्षणमा अर्यालसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहान्त्री विपीनकुमार आचार्य, प्रवक्ता मनिष झा, पूर्वमन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य तोसिमा कार्की, क्रान्तिशिखा धिताल लगायतले पार्टी सबलीकरण, रुपन्देही–३ को उप निर्वाचन लगायत विषयमा प्रशिक्षण दिनेछन् ।

प्रधानमन्त्रीले बोल्ने मञ्चको दुरुपयोग गर्नुभयो : बुर्लाकोटी

प्रशिक्षण उद्घाटन अघि पत्रकारसंग कुरा गर्दै पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बोल्ने मञ्चको दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।

बिहीबार संसद्‍मा आफ्नो पार्टीका नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति इंगित गर्दै बुर्लाकोटीले मुलुकमा सुशासन कायम गर्न समय खर्चिनुपर्ने प्रधानमन्त्रीले विपक्षीको आलोचनामै आफू बोल्ने मञ्चको दुरुपयोग गरेको बताए ।

‘प्रधानमन्त्रीले सुशासन कायम गर्न समय खर्चिनुपर्ने हो तर संसद् बैठकसहित उहाँ बोल्ने मञ्चहरू विपक्षीको आलोचनामै दुरुपयोग भइरहेको छ,’ बुर्लाकोटीले भने, ‘प्रधानमन्त्री संसद्‍मा बोल्दा कोरम नपुगेको बारे पत्रकारले प्रश्न गर्दा एमाले सांसदले मिडियालाई समाचार बनोस् भनेर कोरम नपुगेको भनेर नालायकी जवाफ दिनुभयो ।’

महामन्त्री बुर्लाकोटीले रुपन्देही ३ को उपनिर्वाचनमा स्वतन्त्र र वैकल्पिक शक्तिहरूसँग सहकार्य हुने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु