४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महत्वपूर्ण स्थानहरु

म्याग्दीको सुन्दर गाईखर्क तालको संरक्षणमा चिनियाँ प्रविधिको प्रयोग

७ जेष्ठ २०७५, सोमबार ०२:०५

जेठ ७, बेनी | म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५, देवीस्थानको मगर दाङमा रहेको सुन्दर गाईखर्क तालको संरक्षणका लागि स्थानीयले चिनियाँ प्रविधिको प्रयोग गरेका छन् । 

संरक्षण र पूर्वाधार अभावका कारण जीर्ण बन्दै गएको ताललाई चिनियाँ प्रविधि (३३ वटा बोरामा माटोसँगै बाँसको प्रयोग गरी पर्खाल लगाउने विधि) प्रयोग गरी संरक्षण थालिएको हो । 

यस्तो विधिमार्फत तालको क्षेत्रफल र गहिराइ बढाउने, आसपासका क्षेत्रमा तटबन्धन गर्नेलगायत आवश्यक पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय युवा क्लबलगायतका सामाजिक संघसंस्थाको सहयोगमा संरक्षणको काम शुरु गरिएको सूर्यमुखी युवा क्लब घरथोकका सदस्य दीप मगरले जानकारी दिनुभयो । “पर्यटकीय सम्भावना बोकेको तालको संरक्षणमा स्थानीयले पहल गरे पनि बजेटको अभाव थियो” “अब हामीलाई सहज भएको छ” उहाँले भन्नुभयो । 

ताल संरक्षणमा गाउँपालिकाले चालू आवमा रु पाँच लाख विनियोजन गरेको छ भने स्थानीयलेसमेत आर्थिक सहयोग र जनश्रमदान गरेका छन् । करीब ४७÷४७ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको लम्बाइ चौडाइ बढाएर ५५÷५५ मिटरको बनाउन लागिएको वडाध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो । 

“वडामा रहेका पर्यटकीय सम्भावनाका क्षेत्र चिनाउने प्रयास भइरहेको छ, यहाँका पुराना महत्वका सम्पदाको जर्गेनाको प्रयास गरिएको छ” बुढाले भन्नुभयो । 

अर्गानिक कृषि खेतीको प्रचुर सम्भावना रहेको देवीस्थानमा रहेका पुराना ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रको प्रचारप्रसारमा समेत स्थानीयले सक्रियता देखाएपछि गाउँपालिकाले समेत प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको छ । 

गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि गुर्जा, चुरेनलगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

उहाँले प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका लागि गुरुयोजना बनाउने जानकारी दिनुभयो । देवीस्थानमा गुफासहित धार्मिक तथा पर्यटकीय महत्वको मालिका मन्दिरसमेत रहेको छ । छिमेकी धौलागिरि गाउँपालिकाको ऐतिहासिक ताकम कोट मन्दिर जाने पैदलमार्गसमेत रहेको छ । 

देवीस्थानलाई नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनसँग जोड्ने पदमार्ग बनाउनसमेत सकिने स्थानीयको भनाइ छ । देवीस्थानका पशुपालक कृषक ढोरपाटन क्षेत्रका चरन क्षेत्रमा पुग्ने गरेका छन् । यता गाउँपालिकाले मालिका मन्दिर, रुमको लेक, ओखरबोटको सोलेडाँडालगायतका पर्यटकीय गन्तव्य चिनाउने अभियानसमेत शुरु गरेको छ । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ