२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बुहारीले गरिन् सासूलाई कलेजो दान

३० आश्विन २०८०, मंगलवार ०२:४८

असोज ३०, काठमाडौँ | सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई  ३७ वर्षीया बुहारीले कलेजो दान गरेकी थिइन् । 


प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहिद प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिए । पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा. शिल्भाकुमार नागानाथम आएका छन् । 

उक्त केन्द्रमा २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि छिमेकी राष्ट्र भारतका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा निरन्तरता पाउँदै आएको छ ।  केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो । 

नेपालमा पहिलो पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात पनि यहीँबाट गरिएको थियो । डा. श्रेष्ठले स्थापनाको ११ वर्षको अवधिमा एक हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपणसमेत गरेको जानकारी दिए । कलेजो प्रत्यारोपणका लागि कम्तीमा १५ लाखमा रुपियाँ खर्च हुने बताइएको छ । 

डा. श्रेष्ठले मुलुक केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको बताए । उनले संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै आएको छ ।  

केन्द्रले अङ्गदान गर्न र मस्तिष्क मृत्युपश्चात प्राप्त हुने अङ्ग प्रत्यारोपण कार्य प्रवर्धन गर्न सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउनसमते अनुरोध गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान