२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

त्रिभुवन विमानस्थलभित्र रहेका पसलहरु कारबाहीमा

२०८०, १ कार्तिक बुधबार ०३:२६

कार्तिक १, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो । 

विमानस्थलमा रहेका ती पसलले विदेश जाने र देश भित्रिने यात्रुले चिया वा कफी, जुस वा कुनै वस्तु किन्नु प-यो भने बाहिरभन्दा चार गुणासम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका थिए ।

कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुनी रूपमा अपराध हो । विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । दसैँमा विदेशबाट आउने यात्रु झनै ती पसलबाट ठगिने गरेका छन् । 

वस्तु र सेवाका नाममा मनपरी मूल्य लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कानुनी कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार विमानस्थलभित्र रहेका पसलमा बिक्री गरिने सामानको मूल्यबारेमा चासो राखेर मूल्य अनुचित भएको भने प्रश्न गरेपछि केन्द्रीय संयुक्त अनुगमन टोलीले मङ्गलबार सो क्षेत्रका पसलको अनुगमन गरेर कारबाही गरेको हो । 

विमानस्थलभित्र एक कप चिया पिउने पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको थियो । 

विभागका बजार अनुगमन निर्देशक आनन्द पोखरेल नेतृत्वको टोलीले विमानस्थल परिसरका आठ वटा पसललाई अनुगमन गरेको र तीन वटालाई एक लाखदेखि दुई लाख रुपियाँसम्म जरिबाना गरेर एकै दिनमा चार लाख राजस्व सङ्कलन गरेको छ । 

विभागको अनुगमन टोलीले ढिलै भए पनि अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र सञ्चालित चिया तथा कफीलगायतका आठ वटा पसलको अनुगमन गरेर अनुचित मूल्य लिनेलाई जरिबाना गरेको छ । 

विभागका अनुसार विभागको अनुगमनका क्रममा अधिकांश विमानस्थलभित्रका पसलले अधिकतम मूल्यभन्दा बढी लिएको, आफ्नै गरेको वा गुणस्तर, परिणाम, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएको विभागका निर्देशक पोखरेलले जानकारी दिए । विमानस्थलभित्र रहेका आठ वटा पसलको अनुगमन गरिएकामा सबै एउटा न एउटा कारबाहीमा परेको उहाँको भनाइ छ ।

उनका अनुसार अनुगमन गरिएका आठ वटा पसल तथा होटलमध्ये चार वटालाई आवश्यक कागजातसहित बु्धबार नै विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । तीन वटालाई जरिबाना गरियो भने एउटा पसलमा म्याद नाघेका सामान रहेको भेटिएकाले नष्ट गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ