२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अब यी २१ वन्यजन्तुलाई घरमै पाल्न, बेचबिखन गर्न पाइने

१५ कार्तिक २०८०, बुधबार ०३:३९

कार्तिक १५, काठमाडौं | सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ। तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन्।

व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो। मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ। जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ। तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ।

निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले मापदण्ड पास भएको दुई महिना हुन लागे पनि अहिलेसम्म विभागसमक्ष वन्यजन्तु घरमै पाल्न कसैले अनुमति नमागेको बताए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली