२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

आवाज हरायो, साहसले बाँच्यौँ

२०८०, १९ कार्तिक आईतवार ०२:४८

कार्तिक १९, जाजरकोट | भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो। भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे। 

रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका रूपकले भने, “भाइ नआएपछि निदाउन थालेको थिएँ। एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो। जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो। अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ।” 

उनले थपे, “उठ्न खोज्दै थिएँ, माथिबाट काठ, माटो र ढुङ्गा खसेर थिच्यो। एक हात टाउकोमाथि राखिरहेँ। काठ, माटो, ढुङ्गाले मलाई पुर्दै गयो। यस्तैमा म त अचेत भएँछु। अलिपछि झिलिक झिलिक बत्ती बले जस्तो भयो। आँखा खोलेँ। मुख पनि माटोले बन्द गरेको जस्तो भयो। जोडले श्वास बाहिर फालेँ, माटो निस्कियो। अब त मरिने रैछ भन्ने लागेको थियो।”

भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरीरको माटो, ढुङ्गालाई हटाएको उनले बताए। उनको अनुहार, टाउकोलगायत शरीरका अन्य अङ्गमा चोट लागेको छ। रूपकले भने, “बल गरेर उठेँ। गाउँमा कोलाहल थियो। बुवाआमा भएको कोठामा गएँ। केही भइहाल्यो कि भन्ने ठुलो डर थियो। घरको माथिल्लो तला नै भासिएर उहाँहरू त तल्लो तलामा झर्नुभएछ। घरको सबै काठ, माटो, ढुङ्गाले उहाँहरू पुरिनुभएछ। मलाई के गरौँ, कसो गरौँ भइरहेको थियो। आमाले बचाऊ, बचाऊ, भन्दै गुहार मागिरहनुभएको थियो।” 

बेल्चा लगाएजसरी हातैले माटो, ढुङ्गा र काठ पन्छाएर आमाको कपाल फेला पारेको उनले सुनाए। औँलाले कोदालाले खनेजसरी आमाको वरिपरिको माटो हटाएको र आमालाई निकालेपछि बुवालाई खोजेको उनले स्मरण गरे तर आमालाई निकाल्दै औँलाबाट रगत चुहिन थालेको थियो।

यस्तैमा भाइ पनि चिच्याउँदै आइपुग्यो तर सुरु सुरुमा बचाऊँ, बचाऊँ, भनेर कराउने बुवाको आवाज बिस्तारै दबिँदै गएको थियो। बुवाको सासै रोकियो कि भन्ने डरले उनलाई सतायो। 

“बुवाको वरिपरिको माटो, काठ र ढुङ्गा हटाउँदै गएँ,” उनले भने, ‘छिमेकका पाँच जना साथीलाई बिन्ती गरेर ल्याएपछि बुवालाई निकाल्न सकियो। बेहोस अवस्थामा रहेका बुवाको नाक र मुखभरि माटो कोचिएको थियो। 

खोक्दा नाक र मुखको माटो एक्कासि निस्कियो अनि बुवा ज्युँदै हुनुहुन्छ भन्ने भयो।” हामी चाइनबगर पुल तरेर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ आइपुग्यौँ| त्यतिन्जेल रुकुमपश्चिमको भागमा उद्धारका लागि ल्याइएका एम्बुलेन्स आइसकेका थिए। गाउँमा धेरै जना उपचारका लागि यही आयौँ। रूपकले भने, “अहिले मेरो बुवा डण्डवीरको अवस्था ठिक भएपछि डिस्चार्ज भएर जानुभयो। म र आमा कल्पना अस्पतालमै छौँ।” यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी