१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

२३ कार्तिक २०८०, बिहीबार ०३:४३

कार्तिक २३, काठमाडौं | पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ ।

यही स्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेसा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकले गर्न हुने–नहुने काम एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा आफूले समयसमयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेबसाइटमार्फत जानकारी गराउँदै आएको जनाएको छ ।

दूतावासले साउदी अरबमा गर्न हुने र नहुने कार्यहरू विभिन्न १५ बुँदामा र विशेष ध्यान दिनुपर्ने थप पाँच बुँदामा गरी कुल २० बुँदे विशेष महत्वपूर्ण जानकारी दिँदै त्यहाँ रहेका सम्पूर्ण नेपाली श्रमिक तथा समुदायको विशेष ध्यानाकर्षण गराएको छ ।

साउदी अरबको साइबर अपराधविरुद्धको कानुन, २००७ को कोही कसैले उल्लंघन गरेमा पाँच वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिमाना हुने भएकाले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न÷नगराउन दूतावासले अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार