पर्वत,  बिभिन्न अपराधमा जेलबाट सजाय भोग्नुपर्ने तर फरार रहेका अभियुक्तहरुका लागि भने यो दशै दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेल साजय सुनाइएपनि लुकिछिपी बसेका ६ जना अभियुक्तहरु दशैको मुखमा जेलमा पुगेका हुन ।जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्रने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,  बिभिन्न अपराधमा जेलबाट सजाय भोग्नुपर्ने तर फरार रहेका अभियुक्तहरुका लागि भने यो दशै दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेल साजय सुनाइएपनि लुकिछिपी बसेका ६ जना अभियुक्तहरु दशैको मुखमा जेलमा पुगेका हुन ।जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्रने "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दशैको मुखमा जेलको बास

२१ आश्विन २०७३, शुक्रबार ०८:३०

पर्वत, 
बिभिन्न अपराधमा जेलबाट सजाय भोग्नुपर्ने तर फरार रहेका अभियुक्तहरुका लागि
भने यो दशै दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेल साजय सुनाइएपनि
लुकिछिपी बसेका ६ जना अभियुक्तहरु दशैको मुखमा जेलमा पुगेका हुन ।जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्रने साथीको हत्या
गरेको अभियोगमा २० बर्ष जेल सजाय सुनाईएका राम्जादेउराली गाबिस–२ का
टेकबहादुर जिसी दशैको मुखमा जेलमा छन । यस्तै श्रीमतीको हत्या गरेको
अभियोगमा १० बर्ष जेल सजाय सुनाईएका पर्वतको शालिग्राम गाबिस – ६ का दिपक
तिवारी पनि प्रहरी हिरासतमा छन । दशै बिदाका कारण अदालत बन्द भएकाले उनी
जेलमा पुगेका छैनन तर जेल पुग्नबाट छुट्ने संभावना छैन । आजको खबर डबली साप्ताहिकले खबर छापेको छ ।


दुई हप्ताको अवधीमा जेलमा पुग्नेहरुमा नकवजनी चोरीको अभियोगमा एक महिना १५
दिन सजाय पाएका अनिल किसान, रहजनी चोरीमा तीन बर्ष १० दिन सजाय पाएका
सन्तोष लामिछाने, नकवजनी चोरी मा २८ दिन सजाय सुनाइएका टेकबहादुर बिक पनि
जेलको चिसो छिंडीमा दशै मनाउँदैछन । सवारी ज्यान मुद्दामा १ बर्ष, ११
महिना, ५ दिन सजाय पाएका जयबहादुर खत्रीले पनि दशै मनाउन पाएनन ।

प्रहरीले दुई हप्ताको अवधीमा ४२ जना बिभिन्न अपराधका फरार अभियुक्तहरुलाई
पक्रेको छ । सार्वजनिक अपराध र अन्य मुद्दाका अभियुक्तहरुलाई जरिवाना
तिरेपछि रिहा गरिएको छ । लुकेर बसेका फरार अभियुक्तहरुलाई कुनै पनि हालतमा
नछाडिने र दशैका बेलामा समेत यस्ता अपराधीहरुलाई टिका लगाएको स्थानमा
भेटेरै भएपनि जेल चलान गर्ने योजनामा पर्वत प्रहरी पुगेको छ । फरार अपराधी
पक्राउ गर्ने अभियानमा सफलता मिलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी
नायब उपरिक्षक शेखर खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू