पर्वत,  बिभिन्न अपराधमा जेलबाट सजाय भोग्नुपर्ने तर फरार रहेका अभियुक्तहरुका लागि भने यो दशै दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेल साजय सुनाइएपनि लुकिछिपी बसेका ६ जना अभियुक्तहरु दशैको मुखमा जेलमा पुगेका हुन ।जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्रने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,  बिभिन्न अपराधमा जेलबाट सजाय भोग्नुपर्ने तर फरार रहेका अभियुक्तहरुका लागि भने यो दशै दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेल साजय सुनाइएपनि लुकिछिपी बसेका ६ जना अभियुक्तहरु दशैको मुखमा जेलमा पुगेका हुन ।जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्रने "/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दशैको मुखमा जेलको बास

२०७३, २१ आश्विन शुक्रबार ०८:३०

पर्वत, 
बिभिन्न अपराधमा जेलबाट सजाय भोग्नुपर्ने तर फरार रहेका अभियुक्तहरुका लागि
भने यो दशै दशा नै बनेर आएको छ । बिभिन्न अपराधमा जेल साजय सुनाइएपनि
लुकिछिपी बसेका ६ जना अभियुक्तहरु दशैको मुखमा जेलमा पुगेका हुन ।जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्रने साथीको हत्या
गरेको अभियोगमा २० बर्ष जेल सजाय सुनाईएका राम्जादेउराली गाबिस–२ का
टेकबहादुर जिसी दशैको मुखमा जेलमा छन । यस्तै श्रीमतीको हत्या गरेको
अभियोगमा १० बर्ष जेल सजाय सुनाईएका पर्वतको शालिग्राम गाबिस – ६ का दिपक
तिवारी पनि प्रहरी हिरासतमा छन । दशै बिदाका कारण अदालत बन्द भएकाले उनी
जेलमा पुगेका छैनन तर जेल पुग्नबाट छुट्ने संभावना छैन । आजको खबर डबली साप्ताहिकले खबर छापेको छ ।


दुई हप्ताको अवधीमा जेलमा पुग्नेहरुमा नकवजनी चोरीको अभियोगमा एक महिना १५
दिन सजाय पाएका अनिल किसान, रहजनी चोरीमा तीन बर्ष १० दिन सजाय पाएका
सन्तोष लामिछाने, नकवजनी चोरी मा २८ दिन सजाय सुनाइएका टेकबहादुर बिक पनि
जेलको चिसो छिंडीमा दशै मनाउँदैछन । सवारी ज्यान मुद्दामा १ बर्ष, ११
महिना, ५ दिन सजाय पाएका जयबहादुर खत्रीले पनि दशै मनाउन पाएनन ।

प्रहरीले दुई हप्ताको अवधीमा ४२ जना बिभिन्न अपराधका फरार अभियुक्तहरुलाई
पक्रेको छ । सार्वजनिक अपराध र अन्य मुद्दाका अभियुक्तहरुलाई जरिवाना
तिरेपछि रिहा गरिएको छ । लुकेर बसेका फरार अभियुक्तहरुलाई कुनै पनि हालतमा
नछाडिने र दशैका बेलामा समेत यस्ता अपराधीहरुलाई टिका लगाएको स्थानमा
भेटेरै भएपनि जेल चलान गर्ने योजनामा पर्वत प्रहरी पुगेको छ । फरार अपराधी
पक्राउ गर्ने अभियानमा सफलता मिलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी
नायब उपरिक्षक शेखर खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश