२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गुफामा बास बसेर चीनको ताक्लाकोटमा मजदुरी गर्दै नेपाली श्रमिक

२०८०, २७ कार्तिक सोमबार ०६:२४

कार्तिक २७, हुम्ला | चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका हुन्।


बजारमा कोठाभाडा महँगो भएकाले गुफामा बास बसेर मजदुरी गर्न बाध्य भएको सर्केगाड गाउँपालिका–५ का बलराम बुढाथोकीले जानकारी दिए। बुढाथोकीले दुःखेसो पोख्दै भने, 'काम पाइएमा एक दिनमा दुई सय चिनियाँ युआन कमाइ हुन्छ। दिनभर दु:ख गरेको पैसा रासन र कोठाभाडामै खर्च हुने भएकाले गुफामै बसेर रात कटाउँछौँ।' 

गुफाभित्र बस्दा निकै चिसो हुने गरेको अर्का मजदुर रूपबहादुर बुढाथोकीको दुःखेसो छ। उनले भने, 'बजारमा कोठाभाडा लिएर बस्दा महिनाको ८ हजार जति तिर्नुपर्छ। त्यही भएर गुफाभित्र बास बसेर ताक्लाकोटमा चिनियाँहरूको घरनिर्माणको काम गरिरहेका छौँ।' 

सीप सिकेका श्रमिकले सजिलै काम पाउँछन् सीप नभएकालाई काम पाउन समस्या हुने गरेको बुढाथोकीको भनाइ छ। झन्डै दुईदेखि तीन सय जति नेपाली मजदुर चीनको ताक्लाकोटमा मजदुरी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी