२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भ्रष्टाचारमा लिप्त ८८ कर्मचारीको ११ अर्ब सम्पत्ति, जग्गा र सेयरमा लगानी

२०८०, ४ मंसिर सोमबार ०२:३१

मङ्सिर ४, काठमाडौँ । राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्दा विगत चार वर्षमा कर्मचारीहरूले राजनीतिक नेतृत्व र व्यापारीहरूसँग सेटिङ गरी ११ अर्ब रुपियाँभन्दा बढी अकुत सम्पति आर्जन गरेको पाइएको छ । यद्यपि, भ्रष्टाचार कार्यमा सेटिङ गरी अकुत सम्पति आर्जन गर्ने राजनीतिक नेतृत्व र व्यापारिक पक्ष भने बिरलै मात्र अख्तियारको छानबिनमा परेको पाइएको छ ।


अख्तियारका अनुसार आर्थिक वर्ष २०७६(७७ देखि आर्थिक वर्ष २०७९(८० सम्मको चार वर्षको अवधिमा ८८ जना कर्मचारीहरूको ११ अर्ब रुपियाँभन्दा बढी अकुत सम्पति देखिएको हो । अकुत सम्पति देखिएपछि अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचारमा मु्द्दा दायर गरेको छ । यद्यपि, कतिपय मुद्दामा कर्मचारीहरूले विशेष अदालतबाट सफाइ पाएका छन् । सफाइ पाएका कर्मचारीकाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारको ३०, ३१, ३२ र ३३ औं प्रतिवेदनलाई विश्लेषण र अध्ययन गर्दा ८८ जना कर्मचारीहरूले सो अवधिमा ११ अर्ब भन्दा बढी अकुत सम्पति आर्जन गरेको पाइएको हो । अकुत सम्पति आर्जन गरेका कर्मचारीले काठमाडौंमा मात्रै ३–४ वटा घर बनाएको, अन्य विभिन्न शहरमा करोडौंको जग्गा जोडेको र करोडौंको सेयर लिएको पाइएको छ । अकुत सम्पति आर्जन गरेर भ्रष्टाचारमा मुछिएका अधिकांश कर्मचारीका ३–४ जनासम्म श्रीमतीसमेत रहेका छन् ।

अख्तियारले ती कर्मचारीको सम्पतिको स्रोत अध्ययन गर्दा उनीहरू कसैले पनि वैधानिक स्रोत देखाउन सकेका छैनन् । यसरी अकुत सम्पति आर्जन गर्नेमा सुब्बा र अधिकृत स्तरका कर्मचारीका साथै उपसचिव स्तरका कर्मचारी पनि बढी देखिएका छन् । 

- यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण