१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

५ मंसिर २०८०, मंगलवार ०३:१७

मङ्सिर ५, काठमाडौँ | दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् । 

गत कात्तिक १७ गते रातिको भूकम्पमा परेर एउटै कक्षामा पढ्ने साथी विराज मल्ल र प्रेमा मल्ल मरेको खबरले कृष्णाको अनुहार उदास भइरह्यो । विद्यालय भवन भत्किएको देखेकी उनको मन पनि भत्कियो । भावविह्वल अवस्थाकी कृष्णाले भनिन्, “प्रेमा र म सधैँ एउटै बेन्चमा बस्थिम्, विराज मेरो कक्षामा सबैभन्दा मिल्ने साथी थियो, मरेको खबर सुन्दा सुरुमा पत्याउन सकिनँ ।” 

विद्यालयले प्रार्थना समयमा गरेको मौनधारण कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थीहरूका आँखा ओभानो रहन सकेनन् । भत्किएका भवन र तीन जना विद्यार्थी गुमाउँदाको पीडाले विद्यालयमा सन्नाटा छाएको छ । कृष्णालाई कक्षा ४ देखि नै सँगै पढ्दै आएका साथी गुमाउँदाको पीर जति लागेको छ, अरू साथीलाई पनि उस्तै वेदना छ । 

सोही विद्यालयमा कक्षा ८ मा पढ्ने विनोद महताराले विद्यालय नै सुनसान भएको सुनाए । भूकम्पले आफ्नो घर भत्किएको सुनाउँदै विनोदले भने, “मेरा त किताब पनि पुरिएका छन्, साथी पनि गुमेका छन् ।” पुरानो कापी बोकेर आएका विनोदले स्कुलले फेरि पनि किताबको व्यवस्था गरिदिने अपेक्षा बोकेका छन् । कक्षा ८ का ३६ जना साथीमध्ये आज पाँच जना मात्र विद्यालयमा आएको र विद्यालयकै आँगनमा बसेको विनोदले जनाए । कक्षाकोठा चर्किएको देखेका उनीहरूको मन पनि चर्किएको छ । 

विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले भूकम्पले गर्दा आफ्नो विद्यालयको तीन विद्यार्थी गुमाउनुपरेको बताए । कक्षा ८ मा अध्ययनरत विनोद र प्रेमा र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय चन्द्रकला मल्लको भूकम्पमा परेर ज्यान गएको छ । बिदापछि खुलेको विद्यालयमा आज विद्यार्थी पनि थोरै आए । प्रधानाध्यापक थापाले शिशु कक्षादेखि कक्षा १० सम्म ३१५ जना विद्यार्थी रहेकोमा आज करिब ७० जना मात्र विद्यार्थी आएको जानकारी दिए । 

विद्यालयका दुई वटा भवन पूर्ण रूपमा क्षति भएका छन् भने बाँकी तीन वटा भवन चर्किएका छन् । सोसेक नेपालबाट आएका मनोविमर्शकर्ताहरूले मनोवैज्ञानिक असर कम गर्न विभिन्न माध्यमबाट विद्यार्थीलाई प्रेरित गरिरहेको थापाले बताए ।

भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले ११ विद्यार्थी, एक जना कार्यालय सहयोगी गुमेको बताए । शाखा प्रमुख विष्टले कक्षा एकदेखि १० सम्मका एक हजार ४४१ किताबका सेट विभिन्न विद्यालयबाट माग भई आएको जनाए । रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ । यो समाचार गोरखापत्र दैनिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार