२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

२०८०, ५ मंसिर मंगलवार ०३:१७

मङ्सिर ५, काठमाडौँ | दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् । 

गत कात्तिक १७ गते रातिको भूकम्पमा परेर एउटै कक्षामा पढ्ने साथी विराज मल्ल र प्रेमा मल्ल मरेको खबरले कृष्णाको अनुहार उदास भइरह्यो । विद्यालय भवन भत्किएको देखेकी उनको मन पनि भत्कियो । भावविह्वल अवस्थाकी कृष्णाले भनिन्, “प्रेमा र म सधैँ एउटै बेन्चमा बस्थिम्, विराज मेरो कक्षामा सबैभन्दा मिल्ने साथी थियो, मरेको खबर सुन्दा सुरुमा पत्याउन सकिनँ ।” 

विद्यालयले प्रार्थना समयमा गरेको मौनधारण कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थीहरूका आँखा ओभानो रहन सकेनन् । भत्किएका भवन र तीन जना विद्यार्थी गुमाउँदाको पीडाले विद्यालयमा सन्नाटा छाएको छ । कृष्णालाई कक्षा ४ देखि नै सँगै पढ्दै आएका साथी गुमाउँदाको पीर जति लागेको छ, अरू साथीलाई पनि उस्तै वेदना छ । 

सोही विद्यालयमा कक्षा ८ मा पढ्ने विनोद महताराले विद्यालय नै सुनसान भएको सुनाए । भूकम्पले आफ्नो घर भत्किएको सुनाउँदै विनोदले भने, “मेरा त किताब पनि पुरिएका छन्, साथी पनि गुमेका छन् ।” पुरानो कापी बोकेर आएका विनोदले स्कुलले फेरि पनि किताबको व्यवस्था गरिदिने अपेक्षा बोकेका छन् । कक्षा ८ का ३६ जना साथीमध्ये आज पाँच जना मात्र विद्यालयमा आएको र विद्यालयकै आँगनमा बसेको विनोदले जनाए । कक्षाकोठा चर्किएको देखेका उनीहरूको मन पनि चर्किएको छ । 

विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले भूकम्पले गर्दा आफ्नो विद्यालयको तीन विद्यार्थी गुमाउनुपरेको बताए । कक्षा ८ मा अध्ययनरत विनोद र प्रेमा र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय चन्द्रकला मल्लको भूकम्पमा परेर ज्यान गएको छ । बिदापछि खुलेको विद्यालयमा आज विद्यार्थी पनि थोरै आए । प्रधानाध्यापक थापाले शिशु कक्षादेखि कक्षा १० सम्म ३१५ जना विद्यार्थी रहेकोमा आज करिब ७० जना मात्र विद्यार्थी आएको जानकारी दिए । 

विद्यालयका दुई वटा भवन पूर्ण रूपमा क्षति भएका छन् भने बाँकी तीन वटा भवन चर्किएका छन् । सोसेक नेपालबाट आएका मनोविमर्शकर्ताहरूले मनोवैज्ञानिक असर कम गर्न विभिन्न माध्यमबाट विद्यार्थीलाई प्रेरित गरिरहेको थापाले बताए ।

भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले ११ विद्यार्थी, एक जना कार्यालय सहयोगी गुमेको बताए । शाखा प्रमुख विष्टले कक्षा एकदेखि १० सम्मका एक हजार ४४१ किताबका सेट विभिन्न विद्यालयबाट माग भई आएको जनाए । रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ । यो समाचार गोरखापत्र दैनिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण