मङ्सिर ८, काठमाडौँ |  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, काठमाडौँ |  "/>
१९ माघ २०८२, आईतवार
पत्रपत्रिकाबाट

बेलायतमा पठाइदिने प्रलोभनमा पारेर करोडौँ रुपैयाँ ठगी

८ मंसिर २०८०, शुक्रबार ०८:००

मङ्सिर ८, काठमाडौँ |  उत्कृष्ट सेवा सुविधा र तलबसहित बेलायतमा जागिर मिलाइदिने प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौँ रुपैयाँ उठाएको पीडितहरू गुनासो गरेका छन्।

बेलायत पुग्ने सपनाले गर्दा ५० जना भन्दा बढी व्यक्ति ठगिएका छन्। लामा विरुद्ध उजुरी दिन ती पीडित बुधवारदेखि वैदेशिक रोजगार विभाग धाउन सुरु गरेका छन्।


लामाको फन्दामा पर्ने प्रायः युवा काभ्रेका हुन्। ‘विदेशी सपनाले नराम्रोसँग फसियो। काम गरेर बिहान बेलुका छाक टार्नु पर्ने गरिबलाई विभाग धाइरहनु परेको छ। लामाको मिठो बोलीमा सहजै फसेँ। अहिले लामा सम्पर्क विहीन छ,’ काभ्रेकै एक पीडित भन्छन्, ‘सामाजिक सञ्जालबाट सहजै फस्यौँ। फेसबुक चलाउनाले आज ४ लाख रुपैयाँ गयो। सामाजिक सञ्जालकै कारण आज घर न घाटको भइयो। बेलायत जाने सपनाले ऋण काढेर लाखौँ लाख पैसा लामालाई बुझाएको आज उसले यो दिन देखायो। न्याय माग्न विभागको ढोकामा आएका छौँ, के हुन्छ थाहा छैन ?’

लामाले आफ्नै काभ्रेवासीसँग त छलकपट गरे गरे हुँदाहुँदै ललितपुर, मकवानपुर, भक्तपुर, बारा र बागलुङका युवाबाट डेढदेखि चार लाख रुपैयाँ सम्म लामाले उठाएको पीडितको दाबी छ। बेलायतमा कमाई राम्रो छ, घण्टा बराबरको दश पाउन्ड हुन्छ, पिर चिन्ता केही लिनु पर्दैन। बेलायतमा आफ्नै भतिजो रहेको भन्दै लामाले ती युवालाई मक्ख पारेको विवरण पीडितहरूले दिए।

‘हेर्दामा लामा धेरै सोझा थिए। उनको भित्री वास्तविकता हामीले पहिचान गर्न सकेनौँ। सबैलाई कुराले मक्ख बनाउने उसको बानी थियो। ५०–६० जना युवा माझमा लामा साह्रै प्रिय थिए। हामीबिच लामाले शङ्का गर्ने ठाउँ एक प्रतिशत पनि छोडेन। उसको बोलीमा दम थियो। हाम्रो पैसा कसरी फुत्कियो चाल पाएनौँ,’ विभाग धाएका युवाहरू मध्ये एक पीडितले भने। 

पीडितहरूले भनेअनुसार लामा दसैँ अगाडि नै उनीहरूबाट सम्पर्कविहीन भएका थिए। कलंकीस्थित खसिबजार नजिक दुई कोठा भाडामा लिई बेलायत पठाउने भन्दै प्राय युवालाई त्यहाँ बोलाएको जानकारी पीडितहरूले दिए। 

‘दसैँ अगाडि नै बेलायत उडाउने भनेका लामाले आज तिहार सकिदा विभागमा धाउने बनाएको छ,’ मकवानपुरका पीडितले भने, ‘बेलायत पठाउने भन्दै खसी बजारमा खोलिएको त्यो कोठामा केही थिएन। दुई वटा सोफा र दुईचार वटा कुर्सी बाहेक अन्य केही थिएनन्। त्यही कोठामा बसेर पनि लामाले ठुलै गफ छाँट्थ्यो। उसले दिएको गफ नेताले दिएको भाषण भन्दा ठुलो थियो। होला त भन्ने पनि लाग्यो। आज लामाले यस्तो हालतमा पारी ऊ सम्पर्क विहीन छ।’

लामालाई हेर्दा, बोल्दा र बुझ्दा सबैले सोझो ठान्ने गरेको पीडितहरूले बताए। ‘बेलायत जान दुईचार जनाले मात्र पैसा दिएका भए पनि पत्याउन सकिँदैनथ्यो। ४०–५० जना साथी सबैले पैसा दिँदा कसरी विश्वास नगर्नुरु लामाले फेरी पैसा दिने जति सबैको धमाधम काम भइरहेको छ भन्दै सुनाउँथ्यो। मैले पनि डेढ लाख दिएको छु,’ लामाकै जिल्लावासी छिमेकी एक पीडितले भने।

बेलायत उडाउने भनेर लाखौँ लाख पैसा उठाएका लामा दसैँ अगाडि नै बेपत्ता भएको पीडितले बताए। लामालाई खोज्ने क्रममा उसको घर पुग्दा समेत फेला नपरेपछि ठगीको पन्जामा परेका युवाहरू न्याय माग्दै विभाग आएका थिए। लामालाई कानुनबमोजिमको सजाय र बेलायत पठाउने भन्दै असुल गरिएको पैसाको माग गर्दै पीडितहरू विभाग पुगेका थिए।

यी सबै युवाहरूलाई ठगी गर्ने लामा मात्र नभएर उनकी पत्नी चमेलीमाया सिङताङ पनि रहेकी छिन्। बेलायतको सपना देखाई ठगी गर्दै आएका लामाको बैङ्क खातामा केही युवाले मोटो रकम हालेका थिए भने प्राय पीडितले लामाकी पत्नी सिङताङको बैङ्क खातामा पनि लाखौँ लाख रुपैयाँ हालिदिएको बताए। -नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार