मङ्सिर ८, काठमाडौँ |  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, काठमाडौँ |  "/>
२०८२, १९ फाल्गुन मंगलवार
पत्रपत्रिकाबाट

बेलायतमा पठाइदिने प्रलोभनमा पारेर करोडौँ रुपैयाँ ठगी

२०८०, ८ मंसिर शुक्रबार ०८:००

मङ्सिर ८, काठमाडौँ |  उत्कृष्ट सेवा सुविधा र तलबसहित बेलायतमा जागिर मिलाइदिने प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौँ रुपैयाँ उठाएको पीडितहरू गुनासो गरेका छन्।

बेलायत पुग्ने सपनाले गर्दा ५० जना भन्दा बढी व्यक्ति ठगिएका छन्। लामा विरुद्ध उजुरी दिन ती पीडित बुधवारदेखि वैदेशिक रोजगार विभाग धाउन सुरु गरेका छन्।


लामाको फन्दामा पर्ने प्रायः युवा काभ्रेका हुन्। ‘विदेशी सपनाले नराम्रोसँग फसियो। काम गरेर बिहान बेलुका छाक टार्नु पर्ने गरिबलाई विभाग धाइरहनु परेको छ। लामाको मिठो बोलीमा सहजै फसेँ। अहिले लामा सम्पर्क विहीन छ,’ काभ्रेकै एक पीडित भन्छन्, ‘सामाजिक सञ्जालबाट सहजै फस्यौँ। फेसबुक चलाउनाले आज ४ लाख रुपैयाँ गयो। सामाजिक सञ्जालकै कारण आज घर न घाटको भइयो। बेलायत जाने सपनाले ऋण काढेर लाखौँ लाख पैसा लामालाई बुझाएको आज उसले यो दिन देखायो। न्याय माग्न विभागको ढोकामा आएका छौँ, के हुन्छ थाहा छैन ?’

लामाले आफ्नै काभ्रेवासीसँग त छलकपट गरे गरे हुँदाहुँदै ललितपुर, मकवानपुर, भक्तपुर, बारा र बागलुङका युवाबाट डेढदेखि चार लाख रुपैयाँ सम्म लामाले उठाएको पीडितको दाबी छ। बेलायतमा कमाई राम्रो छ, घण्टा बराबरको दश पाउन्ड हुन्छ, पिर चिन्ता केही लिनु पर्दैन। बेलायतमा आफ्नै भतिजो रहेको भन्दै लामाले ती युवालाई मक्ख पारेको विवरण पीडितहरूले दिए।

‘हेर्दामा लामा धेरै सोझा थिए। उनको भित्री वास्तविकता हामीले पहिचान गर्न सकेनौँ। सबैलाई कुराले मक्ख बनाउने उसको बानी थियो। ५०–६० जना युवा माझमा लामा साह्रै प्रिय थिए। हामीबिच लामाले शङ्का गर्ने ठाउँ एक प्रतिशत पनि छोडेन। उसको बोलीमा दम थियो। हाम्रो पैसा कसरी फुत्कियो चाल पाएनौँ,’ विभाग धाएका युवाहरू मध्ये एक पीडितले भने। 

पीडितहरूले भनेअनुसार लामा दसैँ अगाडि नै उनीहरूबाट सम्पर्कविहीन भएका थिए। कलंकीस्थित खसिबजार नजिक दुई कोठा भाडामा लिई बेलायत पठाउने भन्दै प्राय युवालाई त्यहाँ बोलाएको जानकारी पीडितहरूले दिए। 

‘दसैँ अगाडि नै बेलायत उडाउने भनेका लामाले आज तिहार सकिदा विभागमा धाउने बनाएको छ,’ मकवानपुरका पीडितले भने, ‘बेलायत पठाउने भन्दै खसी बजारमा खोलिएको त्यो कोठामा केही थिएन। दुई वटा सोफा र दुईचार वटा कुर्सी बाहेक अन्य केही थिएनन्। त्यही कोठामा बसेर पनि लामाले ठुलै गफ छाँट्थ्यो। उसले दिएको गफ नेताले दिएको भाषण भन्दा ठुलो थियो। होला त भन्ने पनि लाग्यो। आज लामाले यस्तो हालतमा पारी ऊ सम्पर्क विहीन छ।’

लामालाई हेर्दा, बोल्दा र बुझ्दा सबैले सोझो ठान्ने गरेको पीडितहरूले बताए। ‘बेलायत जान दुईचार जनाले मात्र पैसा दिएका भए पनि पत्याउन सकिँदैनथ्यो। ४०–५० जना साथी सबैले पैसा दिँदा कसरी विश्वास नगर्नुरु लामाले फेरी पैसा दिने जति सबैको धमाधम काम भइरहेको छ भन्दै सुनाउँथ्यो। मैले पनि डेढ लाख दिएको छु,’ लामाकै जिल्लावासी छिमेकी एक पीडितले भने।

बेलायत उडाउने भनेर लाखौँ लाख पैसा उठाएका लामा दसैँ अगाडि नै बेपत्ता भएको पीडितले बताए। लामालाई खोज्ने क्रममा उसको घर पुग्दा समेत फेला नपरेपछि ठगीको पन्जामा परेका युवाहरू न्याय माग्दै विभाग आएका थिए। लामालाई कानुनबमोजिमको सजाय र बेलायत पठाउने भन्दै असुल गरिएको पैसाको माग गर्दै पीडितहरू विभाग पुगेका थिए।

यी सबै युवाहरूलाई ठगी गर्ने लामा मात्र नभएर उनकी पत्नी चमेलीमाया सिङताङ पनि रहेकी छिन्। बेलायतको सपना देखाई ठगी गर्दै आएका लामाको बैङ्क खातामा केही युवाले मोटो रकम हालेका थिए भने प्राय पीडितले लामाकी पत्नी सिङताङको बैङ्क खातामा पनि लाखौँ लाख रुपैयाँ हालिदिएको बताए। -नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण