१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दुर्गा प्रसाईंको सम्पत्ति २ दिनमै कसरी बढ्यो २२ गुना ?

८ मंसिर २०८०, शुक्रबार ०८:३९

मङ्सिर ८, काठमाडौँ |  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले  ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकले सोही जग्गा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएका हुन्।

महालेखा परीक्षकको ५९औ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८) को लेखा परीक्षण अनुसार प्रसाईंले खरिद गरेको जग्गाको मूल्य र सोही जग्गा धितो राख्दा बैङ्कले दिएको ऋण २२ गुणा फरक रहेको प्रतिवेदनमा उल्लेख छ।  

प्रतिवेदनको ३ सय २७ नम्बर पेजको  ३८ ९१० मा  उल्लेख भए अनुसार  प्रसाईंको एक निजी अस्पतालले भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरबाट  २०७७ साउन २ गते राजीनामा लिखत गरी झापा अनारमनी ३मा रहेको ५७१.४८ वर्ग मिटर क्षेत्रफल भएको ५ कित्ता जग्गा ८ करोड थैली अंक कायम गरी खरिद गरेका थिए। उक्त जग्गा २०७७ साउन ४ गते विभिन्न ४ वित्तीय संस्थासँग दृष्टि बन्धक लिखत पारित गरी १ अर्ब ७४ करोड ऋण लिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार अस्पताल सञ्चालकले अस्पताललाई बिक्री गरेको जग्गाको लिखतमा लिग लगापातको मूल्य समावेश गरिएको छैन। प्रतिवेदनले यस विषयमा  नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ। प्रतिवेदनमा भनिएको छ, ‘जग्गाधनीले आफ्नो अचल सम्पत्तिको खरिद मूल्यभन्दा अधिक मूल्याङ्कन गराई वित्तीय संस्थाबाट ऋण लिँदा सर्वसाधारण निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने भएकाले वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयता सम्बन्धमा नेपाल राष्ट्र बैकले सम्बन्धित बैङ्कहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्दछ।’

महालेखाले जग्गा खरिदका क्रममा सरकारलाई तिर्नुपर्ने राजस्व छल्ने प्रयास गरेको आशंका गरेको छ। उसले एक दिनको फरकमा रजिस्ट्रेसन प्रयोजनमा जग्गाको थैली अड्ड न्यून देखाउने तर सोही जग्गा दृष्टि बन्धक गरी खरिद मूल्य भन्दा २२ गुणा बढी थैली अंक कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा कार्यालयले थप छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्न सुझाएको छ। -नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार