२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भारतीयको कुटपिटबाट नेपाली नागरिकको मृत्यु

२०८०, ११ मंसिर सोमबार ०९:३१

मङ्सिर ११, गुलरिया | भारतीयको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपाली नागरिकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–११ का अन्दाजी ४० वर्षीय रमेश यादवको उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

भारतीय लौकाहीका जलालु खान र उनको छोरा अतहर खानलगायत १० जनाले यादवलाई निर्घात कुटपिट गरेको मृतकको आफन्तले जनाएका छन्।

लौकाहीका भारतीय नागरिक नेपाल गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँमै पसेर कुटपिट गरेको स्थानीयको भनाई छ।

भारतीयले गत कार्तिक २३ गते नेपाली युवकलाई कुटपिट गरेका थिए। घाइते भएका यादवको लखनउमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्।

अतहर खान भारतीय लौकाहीका डाक्टर हुन्। नेपाल भारत सीमावर्ती लौकाही नजिक गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँको समुन्ने दशगजामा डा अतहरको औषधी पसल छ। कार्तिक तेस्रो साता गुलरिया नगरपालिका–११ मृतककी दिदी बृजमा यादवले घर नजिकै डा अतहर खानको पसलबाट औषधी ल्याएकी थिइन्। ल्याएको औषधीले निको नभई रियक्शन गरेपछि बृजमाले गुनासो गरेपछि भारतीय डा.अतहर खान हातपातमा उत्रेका थिए। आफ्नी दिदीमाथि हातपात गर्दा मृतक रमेश यादव बोलेका थिए। त्यस दिन सामान्य विवादपछि झगडा शान्त भएको थियो।

दुई तीन दिनपछि कार्तिक २३ गते मृतकका भतिज ओमकार यादव दीपावलीको लागि लौकाही बजार सामान किन्न गएका थिए। त्यही मौकामा डा.अतहर खानले १६ वर्षीय ओमकार यादवलाई नियन्त्रणमा लिएका थिए। डा.अतहरले ‘मलाई नियन्त्रणमा लिई तेरो अंकललाई छिटो बोला’ भनेर ज्यान मार्ने धम्की दिएको ओमकार यादवले बताए। ‘डा. अतहरले ज्यान मार्ने धम्की दिएपछि अंकललाई फोनमार्फत जानकारी गराए’ उनले भने, ‘अंकलले डा. अतहरको बुवा जलालुसंग भने ‘मेरो भतिजलाई छोड्दिनुस्।’

त्यही विषयमा विवाद हुँदा लौकाहीबाट अतहरलगायत अन्य व्यक्तिहरू आएर डाडालालपुर गाउँ नेपालमै पसेर कुटपिट गरेको ओमकारले जनाए। कुटपिटमा दाजु रमेश यादव र भाइ मनोज यादव गम्भीर घाइते भएका मृतककी बहिनी गिता यादवले बताइन्। घाइते दाइको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो। त्यसपछि थप उपचारको लागि भारतको लखनउ पुर्‍याएको उनले जनाइन्।

मृतकका आफन्तले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेको जनाएका छन्। यस घटनाको अपुष्ट रुपमा खबर आएको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए। यस घटनाको बारेमा बुझ्दै छु’ प्रहरी उपरीक्षक शाहीले भने, ‘बुझेपछि जानकारी गराउँछु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने