२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष

२२ मंसिर २०८०, शुक्रबार ०८:५२

मङ्सिर २२, काठमाडौँ | हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।  

यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको हुँदा बेपत्ता तेन्जेन लगायतको खोजी अर्को वर्ष गरिने उनी आबद्ध कम्पनी सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए।

‘यो वर्षको लागि सिजन सकियोे, अब अर्को वर्ष खोजीकार्य सुरु गर्छौं’, महाप्रबन्धक गुरागाइँले भने, ‘आगामी मार्च, अप्रिलमा उनलाई खोज्न आठ जना शेर्पाहरु सिसापाङ्मा हिमाल पठाउँछौं।’


विश्वका आठ हजार मिटरमाथिका १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरी गत २७ जुलाईमा विश्व कीर्तिमान कायम गरेका आरोही तेन्जेन शेर्पा हिमपहिरोमा हराइरहेका छन्। उनी तिब्बतस्थित १४ औं हिमाल सिसापाङ्माको आरोहण गर्ने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका थिए।

दुर्घटना भएको थाहा पाए लगत्तै कम्पनीले आफ्नो  पहलबाट गर्न सक्ने सबै प्रयास गर्दा पनि तेन्जेनलाई फेला पार्न नसकिएको गुरागाईंले बताए। उनले यस वर्ष कम्पनीका मान्छेहरू आफैंले प्रबन्ध गरेर खोज्ने परिस्थिति नभएको पनि बताए। उनले भने, ‘पटक पटकको पहलमा पनि चिनियाँ सरकारले हामी आफैं गएर उनको खोजी गर्न अनुमति दिएन।’ 

तत्कालीन समयमा त्यहीं भएका आरोहीहरूबाट सहयोग पाएको बताउँदै उनले थपे, ‘त्यहीं भएका अन्य आरोही साथीहरूले तेन्जेन तथा हिम पहिरोमा परेका अन्यहरूको खोजी गर्न सहयोग गरेका थिए, हामीले पनि आफ्नो तहबाट यथासंभव सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थियौं।’

गुरागाईंका अनुसार सरकारले तेन्जेनको खोजी कार्यको लागि कम्पनीलाई संभाव्य सहयोग गरेको बताए। सरकारले सम्बन्धित निकायमा खोजी उद्धारको लागि कुरा गरिदिएको जनाउँदै उनले सरकारी सहयोगका बाबजुत पनि चीनले कम्पनीलाई तेन्जेनको खोजी गर्न जाने अनुमति नदिएको बताए। 

सेभेन समिट ट्रेकबाट आरोहण गरेका उनीहरूले १४ वटा हिमालको आरोहण तीन महिना दुई दिन अर्थात् ९२ दिनमा पूरा गरी कीर्तिमान कायम गरेका थिए। विश्व कीर्तिमान कायम गरेको ७२ दिनमै हिमपहिरोमा परेका उनी गत ७ अक्टोबरदेखि वेपत्ता भएका थिए। उनलाई ८ अक्टोबरमा चीन सरकारले मृत्यु भएको भनी घोषणा गरेको थियो। ७ अक्टोबरदेखि हिमपहिरोमा परी बेपत्ता भएका उनको अवस्था अहिलेसम्म पत्तो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल