असोज ३०, काठमाडौं | दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०, काठमाडौं | दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटेलहरूमा खुलेआम ड्रग्स पार्टी

३० आश्विन २०७३, आईतवार ०१:२१

असोज ३०, काठमाडौं | दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा दसैँको अवसरमा कुनै कार्यक्रम भएर उनीहरू गएका थिएनन्, ड्रग्स पार्टी आयोजना भएकाले उनीहरू रिसोर्टमा पुगेका थिए ।

हात्तीवन रिसोर्टमा आयोजित पार्टीमा गाँजा, चरेस मात्र होइन, एफफेटाइमानजस्ता महँगा लागुऔषधको समेत कारोबार र सेवन खुला गरिएको थियो । पार्टीमा सहभागीहरू बिहान २ बजेसम्म लागुऔषधमा लट्ठिएका थिए । नशाको तालमा चर्को गीत बजाएर उनीहरू नाचिरहेका थिए । २ बजे प्रहरीले जबर्जस्ती पार्टी बन्द गराएको थियो ।

लागुऔषध कारोबारको आरोपमा प्रहरीले रिसोर्टका मेनेजर तथा आयोजक तीनजनालाई पक्राउ गरेको थियो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै प्रहरीले उनीहरूलाई छाडेको छ । मुद्दा चलाउने आधार भए पनि दबाबका भरमा उनीहरू छुटेको स्रोत बताउँछ । तीन दिन प्रहरी हिरासतमा बसेपछि उनीहरू छुटेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो ९एनसिबी०का एसएसपी गणेश केसीले ड्रग्स पार्टी चलिरेहको सूचनाका आधारमा रिसोर्टमा छापा हानिएको बताए । तर, अप्रेसन सफल नभएको उनको भनाइ छ । स्रोतका अनुसार प्रहरीले सो पार्टीबाट केही एमफेटाइमान लागुऔषधसमेत बरामद गरेको थियो । गाँजा र चरेस त सबैजसोले सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्टीमा प्रवेशशुल्क नै एक हजार पाँच सय रुपैयाँ राखिएको थियो । होटेलमा बस्नेहरूलाई प्याकेजमा छुट दिइएको स्रोत बताउँछ । पहिलोपटक यस्तो पार्टीमा नेपाल प्रहरीले छापा हाने पनि प्रहरीले रिसोर्ट सञ्चालक र पार्टीका आयोजकलाई भने कारबाहीको दायरामा ल्याउन सकेन । – नयाँ पत्रिका दैनिक  खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का