असोज ३०, काठमाडौं | दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०, काठमाडौं | दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटेलहरूमा खुलेआम ड्रग्स पार्टी

२०७३, ३० आश्विन आईतवार ०१:२१

असोज ३०, काठमाडौं | दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा दसैँको अवसरमा कुनै कार्यक्रम भएर उनीहरू गएका थिएनन्, ड्रग्स पार्टी आयोजना भएकाले उनीहरू रिसोर्टमा पुगेका थिए ।

हात्तीवन रिसोर्टमा आयोजित पार्टीमा गाँजा, चरेस मात्र होइन, एफफेटाइमानजस्ता महँगा लागुऔषधको समेत कारोबार र सेवन खुला गरिएको थियो । पार्टीमा सहभागीहरू बिहान २ बजेसम्म लागुऔषधमा लट्ठिएका थिए । नशाको तालमा चर्को गीत बजाएर उनीहरू नाचिरहेका थिए । २ बजे प्रहरीले जबर्जस्ती पार्टी बन्द गराएको थियो ।

लागुऔषध कारोबारको आरोपमा प्रहरीले रिसोर्टका मेनेजर तथा आयोजक तीनजनालाई पक्राउ गरेको थियो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै प्रहरीले उनीहरूलाई छाडेको छ । मुद्दा चलाउने आधार भए पनि दबाबका भरमा उनीहरू छुटेको स्रोत बताउँछ । तीन दिन प्रहरी हिरासतमा बसेपछि उनीहरू छुटेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो ९एनसिबी०का एसएसपी गणेश केसीले ड्रग्स पार्टी चलिरेहको सूचनाका आधारमा रिसोर्टमा छापा हानिएको बताए । तर, अप्रेसन सफल नभएको उनको भनाइ छ । स्रोतका अनुसार प्रहरीले सो पार्टीबाट केही एमफेटाइमान लागुऔषधसमेत बरामद गरेको थियो । गाँजा र चरेस त सबैजसोले सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्टीमा प्रवेशशुल्क नै एक हजार पाँच सय रुपैयाँ राखिएको थियो । होटेलमा बस्नेहरूलाई प्याकेजमा छुट दिइएको स्रोत बताउँछ । पहिलोपटक यस्तो पार्टीमा नेपाल प्रहरीले छापा हाने पनि प्रहरीले रिसोर्ट सञ्चालक र पार्टीका आयोजकलाई भने कारबाहीको दायरामा ल्याउन सकेन । – नयाँ पत्रिका दैनिक  खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी