कात्तिक २, भक्तपुर | भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्सम्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, भक्तपुर | भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्सम्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । "/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडी चलाउने सोखले हिरासतमा पुर्‍यायो…

२ कार्तिक २०७३, मंगलवार ०१:०६

कात्तिक २, भक्तपुर | भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्सम्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । 

भक्तपुर नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका १० निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको कार, जिप मिनीट्रक, एम्बुलेन्स, शव वाहनलगायत सवारीसाधनमा उनले नक्कली साँचो प्रयोग गरी रातभर चलाएर अन्यत्रै छाडिदिने गर्थे । यसबाट सवारीधनीसँगै प्रहरीले समेत हैरानी खेप्नुपर्‍यो ।

साँझ राखिएका सवारीसाधन पार्किङस्थलमा नभएपछि दिनहुँ प्रहरीमा उजुरी पर्न थाल्यो । जिविस, जिल्ला प्रशासन, अदालत तथा प्रहरी कार्यालय परिसरकै पार्किङस्थलबाट सवारीसाधन हराउन थालेपछि प्रहरीले अनुसन्धान थाल्यो ।

गत असारयता मात्र १० सवारीसाधन पार्किङस्थलमा नभएको उजुरी परेपछि खोजी गर्दा बा२च ९०६६ नम्बरको पजेरो दरबार स्क्वायर क्षेत्रबाट चलाएर अन्यत्र लैजान लागेको अवस्थामा श्रेष्ठ पक्राउ परेको भक्तपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश विष्टले बताए ।

निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको सवारीसाधन पार्किङस्थलबाटै चलाएर अन्यत्रै लगी छाड्दा सम्बन्धित सवारीधनीले हैरानी खेप्नुपरेको थियो । श्रेष्ठको गाडी चलाउने सोख आश्चर्यजनक रहेको प्रहरीले जनाएको छ । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै