कात्तिक २, भक्तपुर | भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्सम्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, भक्तपुर | भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्सम्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । "/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडी चलाउने सोखले हिरासतमा पुर्‍यायो…

२०७३, २ कार्तिक मंगलवार ०१:०६

कात्तिक २, भक्तपुर | भक्तपुर ८, सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्सम्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । 

भक्तपुर नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका १० निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको कार, जिप मिनीट्रक, एम्बुलेन्स, शव वाहनलगायत सवारीसाधनमा उनले नक्कली साँचो प्रयोग गरी रातभर चलाएर अन्यत्रै छाडिदिने गर्थे । यसबाट सवारीधनीसँगै प्रहरीले समेत हैरानी खेप्नुपर्‍यो ।

साँझ राखिएका सवारीसाधन पार्किङस्थलमा नभएपछि दिनहुँ प्रहरीमा उजुरी पर्न थाल्यो । जिविस, जिल्ला प्रशासन, अदालत तथा प्रहरी कार्यालय परिसरकै पार्किङस्थलबाट सवारीसाधन हराउन थालेपछि प्रहरीले अनुसन्धान थाल्यो ।

गत असारयता मात्र १० सवारीसाधन पार्किङस्थलमा नभएको उजुरी परेपछि खोजी गर्दा बा२च ९०६६ नम्बरको पजेरो दरबार स्क्वायर क्षेत्रबाट चलाएर अन्यत्र लैजान लागेको अवस्थामा श्रेष्ठ पक्राउ परेको भक्तपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश विष्टले बताए ।

निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको सवारीसाधन पार्किङस्थलबाटै चलाएर अन्यत्रै लगी छाड्दा सम्बन्धित सवारीधनीले हैरानी खेप्नुपरेको थियो । श्रेष्ठको गाडी चलाउने सोख आश्चर्यजनक रहेको प्रहरीले जनाएको छ । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी