कार्तिक ३, काठमाडौं | मधेस आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दुई महिनापछि काम थालेको छ । गठनको दुई महिनापछि सोमबार पदाधिकारीले शप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ३, काठमाडौं | मधेस आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दुई महिनापछि काम थालेको छ । गठनको दुई महिनापछि सोमबार पदाधिकारीले शप"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेस जाँचबुझ आयोगले काम थाल्यो

३ कार्तिक २०७३, बुधबार ०१:४७

कार्तिक ३, काठमाडौं | मधेस आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दुई महिनापछि काम थालेको छ । गठनको दुई महिनापछि सोमबार पदाधिकारीले शपथग्रहण गरेपछि आयोगले काम थालेको हो ।

सरकारले भदौ २ मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा ७ सदस्यीय आयोग गठन गरेको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम गठित आयोगले पूर्णता पाउन एक महिना लागेको थियो । पछि सर्वोच्चले आयोग गठनबारे संवैधानिक प्रश्न उठाएपछि काम थाल्न पाएको थिएन ।

‘शपथपछि पहिलो बैठक गरेर कार्यालय स्थापनाको निर्णय गरेका छौं,’ लालले भने, ‘कार्यालय र कर्मचारीको व्यवस्थापनपछि घटनाहरूबारे जानकारी र उजुरी संकलन थाल्छौं ।’ आयोगको कार्यालय बिजुलीबजारमा स्थापना गरिएको छ । लालले कार्यालय व्यवस्थित भएलगत्तै सरोकारवाला र पीडित पक्षलाई घटनाबारे जानकारीरउजुरी दिनका लागि सार्वजनिक आहवान गरिने उल्लेख गरे ।

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले संयोजकलाई र संयोजक लालले अन्य सदस्यलाई शपथ ग्रहण गराएका थिए । प्रधानन्यायाधीश सुशीला कार्की अनुपस्थित रहेपछि उनले तोकेको न्यायाधीश जोशीले शपथ गराएका हुन् ।

गृह मन्त्रालयले दसैं बिदा अगाडि नै आयोगका पदाधिकारीको शपथ गराइदिन सर्वोच्चलाई पत्राचार गरेको थियो । तर, सर्वोच्चले संविधानको कुन धाराअनुसार आयोग गठन भएको र शपथ प्रक्रियाको व्यवस्थाबारे प्रश्न उठाएकाले शपथग्रहण नै अन्योलमा परेको थियो । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का