कात्तिक ५, काठमाडौं । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौं । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अचानक कसरी दर्ता भयो महाअभियोग प्रस्ताव ?

५ कार्तिक २०७३, शुक्रबार ०३:१२

कात्तिक ५, काठमाडौं । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्तो थिएन । एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले प्रस्ताव दर्ता गराइसकेपछि मात्र यो खबर थाहा भयो । 

आखिर कसरी दर्ता भयो अचानक प्रस्ताव ?

एमाले अध्यक्ष केपी ओली र उनका निकटवर्ती नेताले भने केही दिनअगावैदेखि यसको तयारी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कार्कीलाई कारबाही गर्नुपर्छ भन्नेमा सैद्धान्तिक रुपमा सहमत भएपनि तत्काल महाअभियोग लगाउने पक्षमा थिएनन् ।

सर्वोच्चको म्याद छल्न झन्डै तीन साताको विदेश बसाइबाट बुधबार मात्रै स्वदेश फर्किएका कार्कीले आफ्नो पक्षमा माहोल बनाउन केही नेतालाई भ्रष्टाचारको आरोपमा पुर्जी काट्ने आकलन सहित तत्कालै महाअभियोग प्रस्ताव दर्ता भएको स्रोतको दाबी छ ।

‘निराधारै भए पनि उनले केही नेतालाई पत्रमात्रै काट्न भ्याएको भए महाअभियोगको नैतिक बल कमजोर हुन्थ्यो,’ गृहकार्यमा सहभागी एक नेताले भने, ‘कार्कीले अख्तियारको पुर्जी थमाउने र प्रचारात्मक कार्यका लागि एमाले र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका केही वरिष्ठ नेताको सूची नै तयार गरेको सूचना आएको थियो ।’

अख्तियार प्रमुखका रुपमा कार्कीले टंगालबाट सञ्चालन गरिरहेको समानान्तर सत्ताका कारण ओली, प्रचण्ड र देउवासहित प्रमुख दलका वरिष्ठ नेताहरु चिढिएका थिए । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का