कात्तिक ५, काठमाडौं । सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । 

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौं । सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । 

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर म"/>

२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै मन्त्रीहरुको सम्पत्ति विवरण सरकारले गोप्य राख्यो

२०७३, ५ कार्तिक शुक्रबार ०३:१७

कात्तिक ५, काठमाडौं । सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । 

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालगायत सबै मन्त्री र राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण गोप्य राखेका छन् । प्रचण्ड मन्त्रीपरिषद ३१ सदस्यी छ । यसअघिका सरकारमा रहेका मन्त्रीहरुले सम्पत्ति विवराण् सार्वजनिक गर्ने परम्परा थियो ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण गोप्य राखेपछि उनीहरुको नैतिकता र आचरणमाथि प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सम्पत्ति विवरण सार्वजनिक गर्न उनिहरुले अनिच्छा देखाएकाले सार्वजनिक नगरिएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदधारण गरेका प्रधानमन्त्रीसहित उच्चपदस्थ पदाधिकारीहरुले पदमा बहाल भएको ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण बझउनुपर्छ । 

प्रधानमन्त्री तथा मन्त्रीहरुले पदमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्नसक्ने भएकाले त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रीहरुले आ–आफ्नो सम्पत्ति विवरण आमजनतासमक्ष सार्वजनिक गर्ने परम्परा छ । 

तर, प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सिलबन्दी गरेर प्रधानमन्त्री कार्यालयमा राखिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दियो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने