राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा प"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र छोरीहरूका जुत्ता बोक्न सैनिक प्रयोग

२०७३, ७ कार्तिक आईतवार ००:५८

कात्तिक ७, सप्तरी | 

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् ।

हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र उनका दुई छोरी उषाकिरण र निशाकुसुम मन्दिर परिसरमा पुगे । जहाँ सेना, सशस्त्र, नेपाल प्रहरी, तालिमप्राप्त कुकुर र राष्ट्रपति कार्यालयको विशेष सुरक्षा टिम परिचालित थियो । सेनाका चार जवान भने राष्ट्रपति र उनका छोरीहरुका जुत्ता–चप्पल बोक्न ब्यस्त थिए । उपल्ला सैनिक अधिकारी र राष्ट्रपति कार्यालयका कर्मचारीका जुत्ता–चप्पल बोक्ने काम पनि सेनाका जवानले गरेका थिए । 

मन्दिरको प्रवेशद्वार छेउमा राखिएका जुत्ता–चप्पल सेनाका जवानले त्यहाँबाट बोकेरमन्दिरको निकासद्वारसम्म पु-याए । जुत्ता–चप्पल बोक्ने कामका खटाइएका सैनिकको तस्वीर खिचिरहेका सञ्चारकर्मीलाई सेनाका उच्च अधिकारीले निकासद्वाराबाट हटाएका थिए । 

माथिको तश्विरमा: राष्ट्रपति विद्या भण्डारी र उनका परिवारका जुत्ता बोक्दै सैनिक(बायाँ) र छिन्नमस्ता शक्तिपीठमा पूजा गर्दै राष्ट्रपति भण्डारी (दायाँ) । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने