१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ कार्कीविरुद्ध महाभियोगको प्रक्रिया

७ कार्तिक २०७३, आईतवार ०१:१४

कात्तिक ७, काठमाडौं | एक चौथाई सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाभियोगको प्रस्ताव आइतबारको बैठकमा प्रस्तुत हुने कार्यसूची तय भएको छ ।

संसदले महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुअघि केही समय लिन सक्ने भए पनि सिफारिस समितिले कार्य प्रारम्भ गरेको तीस दिनभित्र सदनमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । महाभियोग प्रस्तावमाथि संसदको पूर्ण बैठकमा सामान्य छलफल मात्रै हुन्छ भने महाभियोग सिफारिस समितिले विस्तृत अनुसन्धान तहकिकात गर्ने प्रावधान छ । 

कार्कीविरुद्धको महाभियोग प्रस्तुत गर्ने कार्यसूचीमा बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचनाद्वारा आइतबारसम्मका लागि स्थगित गरेकी थिइन् । प्रधानमन्त्री दाहालले कांग्रेससहितका दलहरुसँग छलफलका लागि समय माग गरे पनि यसबीचमा प्रमुख दलका नेताहरुबीच औपचारिक छलफल भएको छैन । सदनमा प्रस्ताव पेश भएपछि आइतबारै अर्को बैठक गरी छलफल थाल्ने वा दलीय छलफलका लागि थप समय पर्खने भन्ने यकिन नभएको संसद सचिवालयका अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १ सय ५७ सांसदहरुले अघि बढाएको महाभियोग प्रस्ताव पारित हुन संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन अनिवार्य छ । संविधान र संसदको नियमावली अनुसार महाभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्छ । संसदमा कांग्रेसको सिट संख्या (२०७) एक तिहाईभन्दा बढी छ । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का