१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहारअघि नै बल्दैछ फोहोरबाट बत्ती

८ कार्तिक २०७३, सोमबार ०३:०३

कात्तिक ८, काठमाडौं | काठमाडौँ महानगरपालिकाले तिहारअघि नै टेकूस्थित फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट बत्ती बाल्न सुरु गर्ने भएको छ।  गतवर्ष नमूना परीक्षणका रूपमा दैनिक तीन टन फोहोर जम्मा गर्दै आएको महानगरपालिकाले फोहोरबाट निस्किएको ग्यासबाट बत्ती बाल्न लागेको हो ।

गएको असारदेखि उक्त ठाउँमा बत्ती बालिने भनिएको भए पनि भारतबाट मेसिनरी सामग्री र प्राविधिक नआएकाले केही ढिला भए पनि आउँदो साता भने प्राविधिक आउने निश्चित भएको महानगरपालिकाले जनाएको छ।  महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यही साता भारतबाट मेसिन र प्राविधिक आएपछि फोहोरबाट निस्केको ग्यासलाई विद्युत्मा परिणत गरेर बत्ती बाल्ने तयारी गरेको जानकारी गराए।

उत्पादित विद्युत् टेकूका सडकबत्ती र टेकूस्थित महानगरको फोहोर ट्रान्पोर्टेसन क्षेत्रमा प्रयोग गरिने र परीक्षणपछि महानगरपालिकाबाट निस्कने सबै फोहोर प्रशोधन गरी बिजुली निकालिने कार्कीले बताए। एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजना सम्पन्न गर्न करिब सवा तीन करोड रुपियाँ छुट्याइएको र यस अन्तर्गत युरोपियन युनियनको ८० प्रतिशत तथा महानगरपालिकाको २० प्रतिशत लगानीमा परियोजना सञ्चालन भइरहेको छ ।

कार्कीले भने, ‘पहिलो प्राथमिकता भनेको फोहोरबाट बायोग्यास र त्यसबाट बिजुली निकाल्ने नै हो, यो पाइलट प्रोजेक्ट हो, सफल भए अन्य क्षेत्रका साथै देशभर विस्तार गर्न सकिन्छ।’ महानगरपालिका अन्तर्गतको वातावरण महाशाखा अनुसार तीनवर्षे परियोजना अन्तर्गत महानगरको वडा नं. १२ र १९ मा जैविक फोहोर छुट्ट्याउने काम भइरहेको छ ।  महानगरपालिकाले वार्षिक करिब ५० करोड रुपियाँ फोहोर व्यवस्थापनमा खर्चिंदै आएको छ । – गोरखापत्र  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का