१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सलमानको घरमा गोली चलाउने अभियुक्तको हिरासतमै मृत्यु, हत्या प्रहरीले गरेको दाबी

२० बैशाख २०८१, बिहीबार ०२:३७

बैशाख २०, एजेन्सी | बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।  बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले लकअप नजिकै रहेको शौचालयमा पाना लिएर आत्महत्या गर्ने प्रयास गरेका थिए ।

खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए। 

यस घटनाको अनुसन्धान प्रदेश सीआईडीलाई सुम्पिएको छ । मुम्बई क्राइम ब्रान्चले अनुज र उनका सहयोगीलाई अप्रिल २५ मा पञ्जाबबाट गोली हानी हिरासतमा लिएको थियो । दुवै पञ्जाबको अबोहरका बासिन्दा हुन्।

सलमानको घरबाहिर भ‍एको गोलीकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले पञ्जाबको फाजिल्का जिल्लाबाट ३२ वर्षीय अनुजकुमार थापन र ३५ वर्षीय सोनुकुमार बिश्नोई लाई पक्राउ गरेको थियो।

पक्राउ परेका यी दुई व्यक्तिमाथि सलमान खानको बान्द्रास्थित घरमा आक्रमण गर्ने अभियुक्तलाई हतियार उपलब्ध गराएको आरोप छ।

आत्महत्या गर्ने अनुज ट्रक हेल्पर थिए। दोस्रो अभियुक्त सुभाष किसान हुन् । दुवै आरोपीविरुद्ध पञ्जाब र हरियाणामा धेरै मुद्दा दर्ता छन्। दुवैले धेरै वर्षदेखि लरेन्स बिश्नोईसँग काम गरिरहेका थिए ।

अनुज थापानले प्रहरी हिरासतमा आत्महत्या गरेको विषयमा परिवारका सदस्यले प्रश्न उठाएका छन् । अनुजका भाइ अभिषेकले प्रहरीले उनको हत्या गरेको दाबी गरेका छन् । 

उनले भने, ‘उनी आत्महत्या गर्ने खालको थिएनन् । हामी न्याय चाहन्छौँ।’ परिवारले अनुजको पोस्टमार्टम मुम्बई बाहिर गर्न पनि माग गरेको छ ।

मृतकको जन्म गाउँका सरपञ्च मनोज गोदाराले यस विषयमा समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एकातिर सुपरस्टार सलमान खान र अर्कोतिर मजदुर रहेको बताए । दबाबमा आएर प्रहरीले उनको हत्या गरी आत्महत्या जस्तो देखिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट