कात्तिक ९, काठमाडौँ | भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौँ | भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थि"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सशस्त्र युद्धको घोषणा गर्ने तयारी गर्दै गरेकाहरु पक्राउ

९ कार्तिक २०७३, मंगलवार ००:५५

कात्तिक ९, काठमाडौँ | भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थियो । शंकास्पद व्यक्ति वरिपरि रहेको आशंकामा सेन्ट्रीका प्रहरीले ढुंगा हाने । प्रहरीले थाहा पाएपछि त्यो समूह भाग्यो । चौकी आक्रमण गरेर सशस्त्र युद्धको घोषणा गर्ने योजनामा रहेको मंगोल मूलबासी राष्ट्रिय फोर्स पार्टीको समूह थियो त्यो । त्यसपछि अरू ठाउँमा आक्रमणको तयारी गरेको उक्त भूमिगत पार्टीका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित १३ नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । 

‘आफूहरूसँग थोरै हतियार भएकाले आक्रमण गर्न गएर पनि उनीहरू फर्किएका थिए,’ नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले भने, ‘राजनीतिक आवरणमा उनीहरू आपराधिक गतिविधिमा संलग्न थिए ।’

आठजना काठमाडौंमा र पाँचजना रोल्पामा पक्राउ परेका हुन् । उनीहरूबाट नौ थान बन्दुक, दुई पेस्तोल, दुई रिभल्वर र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उपत्यका, सिन्धुपाल्चोक र रोल्पामा संयुक्त अप्रेसन चलाएर सशस्त्र युद्ध सुरु गर्न लागेको उक्त पार्टीका नेता/कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरूले रोल्पामा एउटा तथा सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रका दुई प्रहरी चौकीमा आक्रमणको योजना बनाएका थिए । रोल्पामा सो पार्टीको एसटिफ कमान्डर रहेका डेपुटी सुवास राईको नेतृत्वमा आक्रमण गर्न गएको थियो । तर, आक्रमण असफल भएपछि अन्यत्र योजना बनाएका थिए । बैंक र रात्रिबस लुट्ने तयारी गर्दा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

प्रहरीका अनुसार रुकुमको उच्च भेगमा उनीहरूले सैन्य तालिमसमेत गरेका थिए । प्रहरीमा भर्नाजस्तै लडाकु भर्नामा पनि मापदण्ड बनाएका थिए । हतियारसम्बन्धी तालिम दिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पार्टी अध्यक्ष उपेन्द्र घर्ती, पूर्वक्षेत्रीय इन्चार्ज पृथ्वीनारायण लिम्बू, मध्य क्षेत्रीय इन्चार्ज टेम्डी शेर्पा छन् । त्यस्तै, केन्द्रीय सदस्यसचिव पालुवाङ लिम्बू, लडाकु कमान्डर बनाइएका सुवास राई र अन्य कार्यकर्ताहरू रविन श्रेष्ठ, वनबहादुर स्याङ्बो, अजय तामाङ, रामबहादुर मगर, लोकबहादुर मगर, चन्द्रवीर घर्तीमगर, दुजमान घर्तीमगर र जोगबहादुर घर्तीमगर छन् ।

०७२ मा गठन भएको सो फोर्सका नेता सबैजसो आपराधिक पृष्ठभूमिका छन् । उपेन्द्र घर्तीमगरको मंगोल नेसनल पार्टी, पृथ्वीनारायण लिम्बूको किरात मूलबासी राष्ट्रिय फोर्स तथा टेम्डी शेर्पाको संयुक्त जातीय मुक्ति मोर्चा समायोजन गरेर सो फोर्स स्थापना गरेको डिआइजी भण्डारीले बताए ।

जातीय नारा दिएर पार्टीलाई आपराधिक गतिविधिमार्फत चर्चामा ल्याई पैसा उठाउनु नै उनीहरूको प्रमुख उद्देश्य रहेको एआइजी प्रतापसिंह थापा बताउँछन् । रुकुम, रोल्पालगायत जिल्लामा उनीहरूको चन्दाआतंक थियो । पछिल्लो समय उनीहरूले हातहतियार संकलनलाई तीव्रता दिएका थिए । पूर्व, मध्य र पश्चिम गरी आफ्नो संगठनलाई तीन क्षेत्रमा विभाजन गरेका थिए । मंगोल नेसनल आर्मी नामक भ्रातृ संगठन स्थापना गरी त्यसअन्तर्गत मंगोल मुक्ति सेना, मंगोल मुक्ति कमान्डो तथा स्पेसल टाक्सफोर्ससमेत बनाइएको थियो । गत वर्ष नै उनीहरूले रुकुमको जाङखार खोलामा सैन्य तालिमसमेत दिएका थिए ।

आफ्नो परिचय लुकाउन उनीहरूले नक्कली नागरिकतालगायत कागजपत्र बनाउने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका प्रहरी चौकीमा आक्रमण गरी हतियार लुट्ने योजना बनाएका थिए । बैंक तथा सुनपसलसमेत लुट्न उनीहरूले रेकी गरिसकेको एआइजी प्रतापसिंह थापाले बताए । रुकुममा यार्सागुम्बा लुट्ने योजना बनाएका थिए भने दुईपटक बस लुट्ने योजना असफल भएको अनुसन्धानमा खुलेको छ । सो पार्टीका तल्लो तहका नेता भने फरार रहेको डिआइजी बमबहादुर भण्डारीले बताए । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का