१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सन्दीपको भिसा लाग्ने विश्वासमा आइसीसीलाई क्यानले बुझायो १४ जनाको नाम भएको सूची

१४ जेष्ठ २०८१, सोमबार १२:२४

जेठ १४, काठमाडौँ । अमेरिका र वेस्टइन्डिजद्वारा संयुक्त रुपमा आयोजित टी-२० क्रिकेट विश्वकप चार दिनपछि  सुरु हुँदै छ।

१० वर्षपछि दोस्रोपटक नेपाल  टी-२० विश्वकपमा सहभागी हुँदै छ। त्यसका लागि नेपाली क्रिकेट खेलाडीहरु अमेरिका पुगिसकेका छन् र अभ्यास खेलमा सहभागी हुँदै छन्। 

क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार आरोपमा सफाइ दिएपछि उनलाई अमेरिका पठाउने तयारी गरेको थियो। त्यसका लागि अमेरिकी भीसाका लागि आवेदन दिए पनि सन्दीपले भीसा पाउन सकेनन्।


तर सन्दीपको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ जनाको नाम भएको सूची मात्र बुझाएको बताइएको छ। अमेरिकाले यसअघि सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्यान पदाधिकारीहरू उनलाई भिसा दिलाउन पुनः प्रयासरत छन्। त्यसका लागि पदाधिकारीहरूले नेपाल सरकारमार्फत् प्रयत्न गरिरहेका छन्।

त्यसैले जेठ १२ (मे २५ तारिख) मा क्यानले आईसीसीमा १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नु पर्नेमा १४ सदस्यीय टोलीको नाम मात्र बुझाएको छ ।

आइसीसीलाई अनुरोध गरेर हाल १४ जना खेलाडीको नाम बुझाएको र आईसीसीले केही दिनका लागि पर्खन सहमति दिएको क्यानका खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीको भनाइ रहेको बीबीसी नेपालीले जनाएको छ।

सन्दीपले भीसा पाएमा उनी खेलमा सहभागी हुन पाउने र टोलीसँगै अमेरिकामा रहने एक जना वैकल्पिक खेलाडीमा पर्ने भएका छन् । वैकल्पिक खेलाडीमा परेका उनी विश्वकपभर टीममै रहने छन् । यदी सन्दीपको भीसा नलागे हाल टोलीमा रहेका १५ सदस्यले विश्वकप खेल्ने छ ।


अमेरिकामा रहेका १५ मध्ये १४ जनाको नामको सूची बुझाए पनि कसको नाम निकालियो भन्नेबारे क्यानले सार्वजनिक गरेको छैन । क्यानको योजनाअनुसार लामिछानेको भिसा लागेमा मात्र अर्का खेलाडीको नाम थाहा हुने छ।

यदी सन्दीपको भीसा लागेमा बलरहरुमध्येबाट एक जना बैकल्पिकमा पर्ने सक्ने अनुमान गरिएको छ। हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा तीव्र गतिका बलर हुन् ।त्यस्तै  'पार्ट-टाइम' स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन् ।

अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने खेलमा नेपालले पहिलो खेल जुन ४ (१९ गते शनिबार) मा नेदरल्याण्डससँग खेल्ने छ। त्यस्तै जुन १२ मा श्रीलंका र जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ। त्यस्तै जुन १७ मा नेपालको खेल बंगलादेशसँग छ । समूह चरण पार गरे त्यसपछिका खेलहरु नेपालले खेल्ने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन