कात्तिक १०, काठमाडौं | तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन।

तर, जब लोकमानसिंह क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौं | तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन।

तर, जब लोकमानसिंह क"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी दुरुपयोग गरे लोकमानले प्रहरी

१० कार्तिक २०७३, बुधबार ०२:१९

कात्तिक १०, काठमाडौं | तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन।

तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो। प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो। निजामति पन्छिन थाले। कार्की २०७० वैशाख २५ गते प्रमुख आयुक्तका रुपमा छिरे। निजामतिको कार्यशैलीबारे जानकार उनी ‘प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए। जतिखेर आदेश आयो उत्तिनै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए ।

यस्तै एक प्रिय पात्र हुन् दानबहादुर थापा। कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डिएसपी बनेका छन् ।

जिम्मेवारी कार्कीको सुरक्षा भए पनि दुई वर्षबीचमा उनी ‘कोर समूहका प्रभावशाली सदस्य’ भए। उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो।

निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफदार भए। कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित भए। उनको यही शैलीले छोटो समयमै कार्कीका भित्रिया समूहका सदस्य भएका थिए।

निजी सचिवालयमा कार्यरत उनको अख्तियारका हरेक शाखामा सहजै पहुँचका कारण अनुसन्धानका गोप्य जानकारी समेत लुक्दैनथ्यो। अख्तियारमा आउने उजुरी र छानबिन अवस्थाको जानकारीका लागि प्रहरी संगठनको उपल्लो तहका कर्मचारी उनको भरमा थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का