कात्तिक ११, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् ।
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

२०७३, ११ कार्तिक बिहीबार ०१:२७

कात्तिक ११, काठमाडौं । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् ।

सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो । त्यसवेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने गर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक नेपाल भ्रमणको ‘भिभिआइपी उडान व्यवस्थापन’मा जुटेको छ ।

भ्रमण प्रारम्भ हुने मुख्य बिन्दु विमानस्थलबाटै मुलुकको पहिलो छवि झल्कने भन्दै विमानस्थल व्यवस्थापन त्यसको तयारीमा जुटेको हो । मुखर्जी १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै छन् । यस क्रममा दुई दिन सर्वसाधारणले भने सास्ती भोग्नुपर्नेछ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार राष्ट्रपति मुखर्जी आउने दिन १७ कात्तिकमा ४५ मिनेट विमानस्थल प्रभावित हुनेछ । सो दिन दिउँसो साढे १२ बजे राष्ट्रपति मुखर्जी नेपाल आइपुग्ने कार्यक्रम छ ।

तीनदिने नेपाल भ्रमणमा आउने राष्ट्रपति मुखर्जीको भारत फिर्ती हुने दिन १९ कात्तिकमा भने अन्र्तराष्ट्रिय विमानस्थल लगभग दिनभरि प्रभावित हुने समाचार छ ।

उक्त दिन मुखर्जी अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा जनकपुर जाने कार्यक्रम छ । जनकपुरबाट पोखरा जाने र पोखराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । काठमाडौं आइसकेपछि राष्ट्रपतिको टोली नयाँदिल्ली प्रस्थान गर्नेछ । ‘यस दिन त्रिभुवन विमानस्थल सबैभन्दा धेरै समय प्रभावित हुनेछ,’ प्रवक्ता ठाकुरले भने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन