कात्तिक ११, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेमा हस्की स्विप मेसिन (बु्रममार्फत सफाइ गर्ने उपकरण) चलाउने चालक नहुँदा बुधबार करिब एक घण्टा आन्तरिक र अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेमा हस्की स्विप मेसिन (बु्रममार्फत सफाइ गर्ने उपकरण) चलाउने चालक नहुँदा बुधबार करिब एक घण्टा आन्तरिक र अन"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको एयरपोर्टको हविगत, बिमानस्थलमा मरेको चमेरो हटाउन १ घन्टा

२०७३, ११ कार्तिक बिहीबार ०१:५३

कात्तिक ११, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेमा हस्की स्विप मेसिन (बु्रममार्फत सफाइ गर्ने उपकरण) चलाउने चालक नहुँदा बुधबार करिब एक घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका छन् ।

विमानस्थलमा अवतरण गर्न लागेको एउटा आन्तरिक विमानले ८ बजेर २६ मिनेटमा कोटेश्वरतर्फको धावनमार्गमा सिसाका टुक्रा र मरको चमेरो देखेपछि विमानस्थलको टावरमा ‘जहाजमा चरा ठोक्किएर सिसा फुटेको’ रिपोर्ट गरको थियो । उक्त विमानका चालकले गरको रिपोर्टपछि धावनमार्ग बन्द गर्दै सफाइका लागि विमानस्थल व्यवस्थापनले धावनमार्गको धूलो/फोहोर सफा गर्ने हस्की स्विप मेसिनको खोजी गर्यो । 

तर, उक्त उपकरण चलाउने चालकको रोस्टरमै ड्युटी नभएपछि विमानस्थल ५८ मिनेट बन्द भयो । लुक्लाबाट काठमाडौं आउंदै गरका तारा एयरका दुईवटा विमान रामेछापस्थित मन्थली विमानस्थलमा डाइभर्ट भएका थिए । ‘यो घटनाले आन्तरिक उडानको तालिका डेढ घण्टा पछाडि धकेलियो,’ राईले भने।

यसैबीच बुद्धको भरतपुरबाट उडेको विमान पोखरा डाइभर्ट भएको थियो । लुक्लाबाट आउंदै गरको गोमा एयरको विमानले इन्धन कमीका कारण देखाउंदै ‘इमर्जेन्सी’ ल्यान्डिङ गरको थियो । 

त्यस्तै विमानस्थल स्रोतका अनुसार शारजहाँबाट काठमाडौं आउँदै गरको एयर अरबियाको विमान भारतको लखनउतर्फ डाइभर्ट भएको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘मेसिन चलाउने अर्को सिपालु वैकल्पिक चालक नभएकै कारण धावनमार्ग ५८ मिनेट बन्द गर्नुपर्यो ।’ विमानस्थल बन्द भएपछि उडान सामान्य अवस्थामा फर्किन डेढ घण्टा कुर्नुपरको यती एयरलाइन्सका एक क्याप्टेनले बताए । ‘एउटा चालकको अभावमा आन्तरिक र बाह्य थुप्रै उडान प्रभावित बन्नु लाजमर्दो कुरा हो,’ ती क्याप्टेनले भने, ‘यो कमजोरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र विमानस्थलका महाप्रबन्धकको हो।’

उक्त गाडी नचलेपछि दमकलको सहायतामा रनवे सफाइ गरिएको थियो । उपकरणको अभावमा सुरुमा १० मिनेटका लागि बन्द गरिएको विमानस्थल कहिले पानी कहिले जनशक्तिको अभावका कारण एक घण्टा बन्द हुन पुगेको हो। – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन