कात्तिक ११, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेमा हस्की स्विप मेसिन (बु्रममार्फत सफाइ गर्ने उपकरण) चलाउने चालक नहुँदा बुधबार करिब एक घण्टा आन्तरिक र अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेमा हस्की स्विप मेसिन (बु्रममार्फत सफाइ गर्ने उपकरण) चलाउने चालक नहुँदा बुधबार करिब एक घण्टा आन्तरिक र अन"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको एयरपोर्टको हविगत, बिमानस्थलमा मरेको चमेरो हटाउन १ घन्टा

११ कार्तिक २०७३, बिहीबार ०१:५३

कात्तिक ११, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेमा हस्की स्विप मेसिन (बु्रममार्फत सफाइ गर्ने उपकरण) चलाउने चालक नहुँदा बुधबार करिब एक घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका छन् ।

विमानस्थलमा अवतरण गर्न लागेको एउटा आन्तरिक विमानले ८ बजेर २६ मिनेटमा कोटेश्वरतर्फको धावनमार्गमा सिसाका टुक्रा र मरको चमेरो देखेपछि विमानस्थलको टावरमा ‘जहाजमा चरा ठोक्किएर सिसा फुटेको’ रिपोर्ट गरको थियो । उक्त विमानका चालकले गरको रिपोर्टपछि धावनमार्ग बन्द गर्दै सफाइका लागि विमानस्थल व्यवस्थापनले धावनमार्गको धूलो/फोहोर सफा गर्ने हस्की स्विप मेसिनको खोजी गर्यो । 

तर, उक्त उपकरण चलाउने चालकको रोस्टरमै ड्युटी नभएपछि विमानस्थल ५८ मिनेट बन्द भयो । लुक्लाबाट काठमाडौं आउंदै गरका तारा एयरका दुईवटा विमान रामेछापस्थित मन्थली विमानस्थलमा डाइभर्ट भएका थिए । ‘यो घटनाले आन्तरिक उडानको तालिका डेढ घण्टा पछाडि धकेलियो,’ राईले भने।

यसैबीच बुद्धको भरतपुरबाट उडेको विमान पोखरा डाइभर्ट भएको थियो । लुक्लाबाट आउंदै गरको गोमा एयरको विमानले इन्धन कमीका कारण देखाउंदै ‘इमर्जेन्सी’ ल्यान्डिङ गरको थियो । 

त्यस्तै विमानस्थल स्रोतका अनुसार शारजहाँबाट काठमाडौं आउँदै गरको एयर अरबियाको विमान भारतको लखनउतर्फ डाइभर्ट भएको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘मेसिन चलाउने अर्को सिपालु वैकल्पिक चालक नभएकै कारण धावनमार्ग ५८ मिनेट बन्द गर्नुपर्यो ।’ विमानस्थल बन्द भएपछि उडान सामान्य अवस्थामा फर्किन डेढ घण्टा कुर्नुपरको यती एयरलाइन्सका एक क्याप्टेनले बताए । ‘एउटा चालकको अभावमा आन्तरिक र बाह्य थुप्रै उडान प्रभावित बन्नु लाजमर्दो कुरा हो,’ ती क्याप्टेनले भने, ‘यो कमजोरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र विमानस्थलका महाप्रबन्धकको हो।’

उक्त गाडी नचलेपछि दमकलको सहायतामा रनवे सफाइ गरिएको थियो । उपकरणको अभावमा सुरुमा १० मिनेटका लागि बन्द गरिएको विमानस्थल कहिले पानी कहिले जनशक्तिको अभावका कारण एक घण्टा बन्द हुन पुगेको हो। – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का