कात्तिक १२, काठमाडौं | भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौं | भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा कार्यक्रमहरु

२०७३, १२ कार्तिक शुक्रबार ०२:२४

कात्तिक १२, काठमाडौं | भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका मुखर्जीले जनकपुर र पोखराको समेत भ्रमण गर्ने कार्यक्रम छ । तीनदिने नेपाल भ्रमणका क्रममा मुखर्जीको व्यस्त तालिका भने अझै सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति मुखर्जी विशेष विमानबाट १७ कात्तिक बिहान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी १९ कात्तिक साँझ ५ बजे दिल्ली प्रस्थान गर्नेछन् । मुखर्जी र उनीसँग आउने भारतीय उच्च अधिकारीलाई होटेल हायात बौद्धमा बस्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपति मुखर्जीसँग भारतीय मन्त्री, सांसदसहितका उच्च पदाधिकारी आउँदै छन् ।

आएकै दिन राष्ट्रपतिसँग भेटवार्ता र रात्रिभोज

मुखर्जी काठमाडौं अवतरण भएलगत्तै शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता तय भएको छ । ‘१७ गते नै राष्ट्रपतिसँग भेटवार्ता हुनेछ, त्यही साँझ होटेल सोल्टीमा राष्ट्रपति विद्या भण्डारीले मुखर्जीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ,’ सम्बद्ध कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । मुखर्जीसँग १८ कात्तिकमा प्रधानमन्त्रीसहित सबै मुख्य दलका शीर्ष नेताले होटेल हायातमै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

मुखर्जीको व्यस्त तालिका

१७ कात्तिक : भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्याह्न १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । साँझ सोल्टी होटेलमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । मुखर्जी बस्ने व्यवस्था होटेल हायातमा गरिएको छ ।

१८ कात्तिक : राष्ट्रपति मुखर्जी काठमाडौंमा हुने दुई कार्यक्रममा सहभागी हुनेछन् । त्रिभुवन विश्वविद्यालयले एक कार्यक्रमबीच उनलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गर्नेछ । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि छ । त्यही दिन बेलुका प्रमुख दलका शीर्ष नेताहरूले होटेल हायातमै मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

१९ कात्तिक : तेस्रो दिन बिहान १० बजेतिर राष्ट्रपति मुखर्जी जनकपुर जाने कार्यक्रम छ । त्यहाँ उनको अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुरबाट उनी पोखरा लाग्नेछन् । त्यहाँमा उनले भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्नुका साथै फेवाताल घुम्नेछन् । पोखराबाट काठमाडौं फर्केर उनी साँझ ५ बजे दिल्ली फर्किने कार्यक्रम छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने