कात्तिक १२, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमा"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाभियोगको पक्षमा नउभिए गगनसहितले पार्टीबाटै राजीनामा दिने

२०७३, १२ कार्तिक शुक्रबार ०२:२८

कात्तिक १२, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमार थापाले राजीनामा दिने तयारी गरेका छन् । 

लोकमानसिंहले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र गरेको भन्दै संसद्मा महाभियोग दर्ता भएपछि कांग्रेसले त्यसबारे निर्णय लिन नसकेको अवस्थामा गगनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ । 

लोकमानविरुद्ध महाभियोगको पक्षमा उभिएका थापासहितका कांग्रेस नेताहरुले पटक-पटक सभापति शेरबहादुर देउवालाई भेटेर त्यसबारे तत्काल निर्णय लिन दबाब दिइरहेका बेला गगनले राजीनामा दिने निचोड निकालेका उनीनिकट एक कांग्रेस नेताले जानकारी दिए ।

महाअभियोगको पक्ष र विपक्षमा मत बाँडिएपछि विवाद चुलिइरहेका बेला महाभियोगको पक्षमा कांग्रेसले निर्णय नगरेमा राजीनामासम्म दिने सन्देश स्वास्थ्य मन्त्री थापाको तर्फबाट सभापति शेरबहादुर देउवालाई समेत पुर्‍याइएको दाबी स्रोतको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका १५७ जना सांसदहरुले लोकमानलाई महाभियोग लगाउन संसदमा दर्ता गराएको प्रस्तावको पक्षमा केही दिनअघि कडा मन्तब्य राखेका गगनले पार्टीभित्रै भने महाभियोगको पक्षमा मत जुटाउन असफल भएका थिए ।

महाभियोगमाथिको पहिलो छलफल भएर संसद् २६ कात्तिकसम्मलाई स्थगित भएको अवस्थामा लोकमानलाई महाभियोगबाट जोगाउनका लागि कांग्रेसकै सांसद र नेताहरु लागि रहेका बेला गगनले मन्त्रीबाट र सांसदहरुले संसद सदस्यबाट पनि राजीनामा दिने धम्की सभापति देउवालाई दिइसकेका छन् ।

सिटौलाको अफ्ठेरोमा गगनको साथ 

काठमाडौंमा भएको नेपाली कांग्रेसको तेह्रौ‌ महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्ण सिटौला छुट्टै प्यानल बनाएर सभापतिको चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

त्यो बेला उनका बलियो खम्बाकारुपमा महामन्त्रीमा उठेर गगनकुमार थापाले साथ दिएका थिए । यद्यपि दुबैजना पराजित हुन पुगेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको सहमतिमा अख्यितार प्रमुख बनेका लोकमानसिंह कार्कीले त्यसयता नियोजितरुपमा दलहरुमाथि आक्रमण थालेका थिए ।

त्यसअघि नै माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचारको केशमा प्रचण्ड तानिइसकेका थिए । करिब २१ अर्ब रुपैयाँ लडाकूका नाममा निकाशा भएकोमा करिब १० अर्ब रुपैयाँ प्रचण्ड, नन्दकिशोर पुन, कृष्णबहादुर महरा र जनर्दान शर्मासहितका लडाकुका कमाण्डरहरुको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन थालिसकेको थियो ।

यस्तोमा २०७२ असोजमा ६ जना नेताहरुलाई भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको भन्दै लोकमानले एकै पटक चिठ्ठी काटेपछि एमालेका नेताहरु पनि अख्तियारको हिरासतमा पुग्ने डरले त्रसित भइसकेका थिए । लोकमानले योजनावद्धरुपमा पार्टीका नेताहरुलाई तर्साउन थालेको अवस्थामा कांग्रेसमाथि मात्रै प्रहार गर्न बाँकी थियो ।

यसअघि नै खुमबहादुर खड्का र गोविन्दराज जोशीसहितका कांग्रेसका केही नेता भ्रष्टाचार अभियोगमा जेल पुगेको सन्दर्भमा अख्तियारको निशानाको पहिलो सूचीमा थिए, कृष्ण सिटौला । – कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने