कात्तिक १२, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमा"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाभियोगको पक्षमा नउभिए गगनसहितले पार्टीबाटै राजीनामा दिने

१२ कार्तिक २०७३, शुक्रबार ०२:२८

कात्तिक १२, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमार थापाले राजीनामा दिने तयारी गरेका छन् । 

लोकमानसिंहले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र गरेको भन्दै संसद्मा महाभियोग दर्ता भएपछि कांग्रेसले त्यसबारे निर्णय लिन नसकेको अवस्थामा गगनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ । 

लोकमानविरुद्ध महाभियोगको पक्षमा उभिएका थापासहितका कांग्रेस नेताहरुले पटक-पटक सभापति शेरबहादुर देउवालाई भेटेर त्यसबारे तत्काल निर्णय लिन दबाब दिइरहेका बेला गगनले राजीनामा दिने निचोड निकालेका उनीनिकट एक कांग्रेस नेताले जानकारी दिए ।

महाअभियोगको पक्ष र विपक्षमा मत बाँडिएपछि विवाद चुलिइरहेका बेला महाभियोगको पक्षमा कांग्रेसले निर्णय नगरेमा राजीनामासम्म दिने सन्देश स्वास्थ्य मन्त्री थापाको तर्फबाट सभापति शेरबहादुर देउवालाई समेत पुर्‍याइएको दाबी स्रोतको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका १५७ जना सांसदहरुले लोकमानलाई महाभियोग लगाउन संसदमा दर्ता गराएको प्रस्तावको पक्षमा केही दिनअघि कडा मन्तब्य राखेका गगनले पार्टीभित्रै भने महाभियोगको पक्षमा मत जुटाउन असफल भएका थिए ।

महाभियोगमाथिको पहिलो छलफल भएर संसद् २६ कात्तिकसम्मलाई स्थगित भएको अवस्थामा लोकमानलाई महाभियोगबाट जोगाउनका लागि कांग्रेसकै सांसद र नेताहरु लागि रहेका बेला गगनले मन्त्रीबाट र सांसदहरुले संसद सदस्यबाट पनि राजीनामा दिने धम्की सभापति देउवालाई दिइसकेका छन् ।

सिटौलाको अफ्ठेरोमा गगनको साथ 

काठमाडौंमा भएको नेपाली कांग्रेसको तेह्रौ‌ महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्ण सिटौला छुट्टै प्यानल बनाएर सभापतिको चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

त्यो बेला उनका बलियो खम्बाकारुपमा महामन्त्रीमा उठेर गगनकुमार थापाले साथ दिएका थिए । यद्यपि दुबैजना पराजित हुन पुगेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको सहमतिमा अख्यितार प्रमुख बनेका लोकमानसिंह कार्कीले त्यसयता नियोजितरुपमा दलहरुमाथि आक्रमण थालेका थिए ।

त्यसअघि नै माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचारको केशमा प्रचण्ड तानिइसकेका थिए । करिब २१ अर्ब रुपैयाँ लडाकूका नाममा निकाशा भएकोमा करिब १० अर्ब रुपैयाँ प्रचण्ड, नन्दकिशोर पुन, कृष्णबहादुर महरा र जनर्दान शर्मासहितका लडाकुका कमाण्डरहरुको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन थालिसकेको थियो ।

यस्तोमा २०७२ असोजमा ६ जना नेताहरुलाई भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको भन्दै लोकमानले एकै पटक चिठ्ठी काटेपछि एमालेका नेताहरु पनि अख्तियारको हिरासतमा पुग्ने डरले त्रसित भइसकेका थिए । लोकमानले योजनावद्धरुपमा पार्टीका नेताहरुलाई तर्साउन थालेको अवस्थामा कांग्रेसमाथि मात्रै प्रहार गर्न बाँकी थियो ।

यसअघि नै खुमबहादुर खड्का र गोविन्दराज जोशीसहितका कांग्रेसका केही नेता भ्रष्टाचार अभियोगमा जेल पुगेको सन्दर्भमा अख्तियारको निशानाको पहिलो सूचीमा थिए, कृष्ण सिटौला । – कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का