कात्तिक १४, काठमाडौं | अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ, ‘वैदेशिक रोजगार देशका लागि विदेशी मुद्राको स्रोत रहे पनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, काठमाडौं | अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ, ‘वैदेशिक रोजगार देशका लागि विदेशी मुद्राको स्रोत रहे पनि"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपछी रेमिट्यान्स धरापमा

२०७३, १४ कार्तिक आईतवार ०३:३०

कात्तिक १४, काठमाडौं | अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ, ‘वैदेशिक रोजगार देशका लागि विदेशी मुद्राको स्रोत रहे पनि दीर्घकालमा देश रेमिट्यान्स धराप (रेमिट्यान्स ट्रयाप)मा पर्न सक्छ ।’ वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेख्य मात्रामा आएको गिरावट र पछिल्ला तीन महिनायता रेमिट्यान्स (विप्रेषण) मा देखिएको गिरावटले अर्थ मन्त्रालयले त्यतिबेला गरेको प्रक्षेपणलाई सम्झाउँछ ।

अर्थ मन्त्रालयको सोही रिपोर्टमा भनिएको छ, ‘नेपालको बाह्य क्षेत्र सन्तुलन मूलतः विप्रेषण आय तथा आयातको स्तरमा भर पर्ने गरेको छ । उच्च स्तरको विप्रेषण आप्रवाह भएका र आयातको स्तर ठिकै भएका चालु खाता तथा समग्र शोधान्तर स्थिति सन्तुलनमा रहने अन्यथा घाटामा जाने अवस्था रहेको छ । उच्चस्तरको विप्रेषणबाट तत्कालीन रूपमा अर्थतन्त्रलाई सकारात्मक फाइदा पुगेको भए पनि यसको स्थायित्व र दिगोपनाबारे सदैव प्रश्न उठ्ने सम्भावना रहन्छ ।’

आर्थिक वर्ष ०७०/७१ र आर्थिक वर्ष ०७१/७२ का पछिल्ला तीन महिनालाई तुलना गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा लगातार गिरावट आएको देखिन्छ । ०७०/७१ को वैशाखमा ५४ हजार १ सय ७३ कामदार वैदेशिक रोजगारीमा गएका थिए भने ०७१/७२ को वैशाखमा ३१ हजार २ सय ७५ कामदार वैदेशिक रोजगारीमा गए । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ४२ दशमलव ०८ प्रतिशतले कम हो । – आजको कान्तिपुरमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन