कात्तिक १९, काठमाडौं | नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिक तर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौं | नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिक तर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् ।"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज अधिकांश उडान प्रभावित हुने

१९ कार्तिक २०७३, शुक्रबार ०२:२१

कात्तिक १९, काठमाडौं | नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिक तर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् ।

अति विशिष्ठ (भीभीआईपी) उडानका कारण आन्तरिकतर्फका प्रायजसो उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । पोखरातर्फ भने बिहानका केही उडानबाहेक सबैजसो उडानहरू रद्द हुने भएका छन् ।

काठमाडौं–पोखरा तथा पोखरा–काठमाडौं दैनिक झन्डै ३८ वटा उडान हुँदै आएको छ । मुखर्जी भ्रमणले पोखरा–जोमसोमका केही उडानसमेत प्रभावित हुने छन् ।

काठमाडौंबाट जनकपुर र पोखराबाट काठमाडौं आउने समयमा भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै तर्फका उडानहरू बन्द हुने छन् ।‘शुक्रबारका लागि आन्तरिकतर्फका धेरै उडानहरू प्रभावित हुने भएका छन्, हामीले नियमित उडानहरू कटौती नै गरेका छौं,’ सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले भने । सिम्रिकले शुक्रबार पोखरातर्फका अधिकांश उडान रद्द गरेको थापाले जानकारी दिए ।

काठमाडौं–पोखरा दैनिक सिम्रिक एयरलाइन्सले ६ वटा उडान गर्दै आएको छ । त्यस्तैगरी बुद्ध एयरले ६ वटा र यती एयरलाइन्सले ८ वटा उडान गर्दै आएका छन् । ताराले पोखरा–जोमसोम नियमित उडान गर्दै आएको छ ।

पोखरातर्फको नियमित उडानमा प्रभावित भए पनि काठमाडौंबाट अन्यत्र हुने उडानमा भने खासै धेरै असर नपार्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलअन्तर्गत रहेको आन्तरिक टर्निनलका प्रमुख उत्सव खरेल बताउँछन् । ‘भीभीआईपी उडानमा केही समय मिलाउनु पर्छ, तर धेरै असर नपर्ने गरी काम गरिरहेका छौं,’ खरेलले भने ।

भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार बिहान १०:२० मा जनकपुर जाने कार्यक्रम रहेको छ । त्यस्तैगरी जनकपुरबाट १२:३० मा पोखरा र पोखराबाट ३:४५ मा काठमाडौं आएर पुनः काठमाडौंबाट ५:१५ बजे दिल्ली जाने कार्यक्रम छ । जसका कारण शुक्रबार दिनभरजसो आन्तरिक र बेलुका अन्तरराष्ट्रियतर्फको उडानरअवतरण प्रभावित हुने भएका छन् । – कारोबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का