कात्तिक १९, काठमाडौं | काठमाडौंदेखि जनकपुरको उडान अवधि २५ मिनेट हो । तर, शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उडानको समयावधि करिब ४५ मिनेटको हुनेछ । बुद्ध एयरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौं | काठमाडौंदेखि जनकपुरको उडान अवधि २५ मिनेट हो । तर, शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उडानको समयावधि करिब ४५ मिनेटको हुनेछ । बुद्ध एयरक"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी हुने छ मुखर्जीको आन्तरिक उडान

१९ कार्तिक २०७३, शुक्रबार ०२:२६

कात्तिक १९, काठमाडौं | काठमाडौंदेखि जनकपुरको उडान अवधि २५ मिनेट हो । तर, शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उडानको समयावधि करिब ४५ मिनेटको हुनेछ । बुद्ध एयरको फ्रेन्च–इटालियन एटीआर विमानमा हुने राजकीय सवारी काठमाडौंबाट उडेपछि जनकपुरको हवाई बाटो नसमातेर पूर्व–उत्तर हुँदै उड्नेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानको बायाँतर्फको सिटमा एक्लै रहने राष्ट्रपति मुखर्जी हिमाल हेर्दै जनकपुर पुग्नेछन् ।

‘नियमित उडानको समय २५ मिनेट हो तर राष्ट्रपतिलाई हिमाल देखाउँदै जाँदा थप १०/१५ मिनेट समय अवधि बढ्नेछ,’ ती अधिकारीले भने ।

राष्ट्रपति उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान १० बजेदेखि साढे १० बजेसम्म (आधा घण्टा) का लागि नोटाम जारीपछि विमानस्थल बन्द गरेको छ । प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्यसबेला काठमाडौंका लागि कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान\अवतरण हुने छैनन् ।

भीभीआईपी उडान १० बजेर २० मिनेटमा जनकपुरका लागि उड्नेछ । त्यसपछि बुद्धको अर्को एटीआर विमानमा भारतबाट आएका पत्रकार, सांसद र विधायकलगायतका डेलिगेट उड्नेछन् । डेलिगेटको उडान अवधि भने २५ मिनेटकै हुनेछ । उनीहरूले माउन्टेन फ्लाइटको अनुभव लिने छैनन् । 

राष्ट्रपतिको विमान हिमाल हेर्दै जाने योजना छ, जसका कारण उहाँको जहाज काठमाडौंबाट पहिले उडे पनि जनकपुरमा भने डेलिगेट बोकेको जहाजले अवतरण गरेको केही मिनेटपछि मात्रै अवतरण हुनेछ,’ स्रोतले भन्यो । राष्ट्रपतिको उडानका साथसाथै काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर र गृहमन्त्री बोकेर अर्को निजी हेलिकप्टर उड्ने कार्यतालिका छ । सेनाको हेलिकप्टर अञ्चल प्रहरी कार्यालयमा अवतरण गर्नेछ । उक्त हेलिकप्टरले राष्ट्रपतिको जनकपुर बसाइका क्रममा हवाई–रेकी गर्नेछ । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै