२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबैध कल बाइपासमा श्रीलंकाली पनि

१९ कार्तिक २०७३, शुक्रबार ०२:३१

कात्तिक १९, काठमाडौं | नेपालबाट हुने गरेका अवैध कल बाइपासमा श्रीलंकाली नागरिकसमेत सक्रिय रहेको खुलेको छ । यसअघि अवैध कल बाइपासमा बंगलादेशी, भारतीय र चिनियाँ नागरिक सक्रिय भएको पाइएको थियो । ल्यान्डलाइनमार्फत भएको कल बाइपासको अनुसन्धानमा श्रीलंकाली नागरिकको समेत संलग्नता देखिएको हो ।

नेपाल टेलिकमको अप्टिकल फाइबरमार्फत अवैध कल बाइपास गरेको आरोपमा रविराज सिंह पक्राउ परेपछि श्रीलंकालीको संलग्ना खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिंहलाई पक्राउ गरी उनलाई श्रीलंकाली नागरिकले सघाएको विवरण सार्वजनिक गरे पनि अन्य कुनै विवरण खुलाएको छैन ।

स्रोतका अनुसार ब्युरोले सिंहलाई तिहारअगाडि नै पक्राउ गरे पनि गोप्य राखेको थियो । तिहारपछि मात्रै ब्युरोले विज्ञप्ति जारी गरी सिंहलाई पक्राउ गरिएको विवरण सार्वजनिक गरेको हो । ब्युरोका अनुसार श्रीलंकाली नागरिक नेपाल आई अवैध कल बाइपासका उपकरण जडान गरेर श्रीलंका फर्केपछि मात्र सिंहले कल बाइपास सुरु गरेका थिए ।

यसअघि गिरोहले भीओआईपी र जीओआईपी प्रविधि प्रयोग गरी मोबाइल सिमबाट कल बाइपास गर्दै आएका थिए । सिंहको पक्राउपछि ल्यान्डलाइन समेत पुनःप्रयोग हुन थालेको देखिएको हो । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का