कात्तिक २३, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा ध"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीको स्वास्थ्यमा भन्दा रक्सी-चुरोटमा खर्च धेरै

२३ कार्तिक २०७३, मंगलवार ०२:५२

कात्तिक २३, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार २३१ रुपैयाँ खर्च गर्छन् ।

विभागले निकालेको सन् ०१४-१५ को वार्षिक घरपरिवार सर्वेक्षणले सहरमा बस्ने मात्र नभएर ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले स्वास्थ्यका लागि भन्दा पनि मद्यपान र धुम्रपानमै बढी खर्च गरिरहेको देखाएको छ ।

ग्रामीण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान र धुम्रपानका लागि दुई हजार आठ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख रहेको छ ।

मद्यपानमा मात्रै सहरी क्षेत्रमा बस्ने व्यक्तिले वर्षमा तीन हजार सात सय ४४ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार चार सय ९३ रुपैयाँ खर्च गर्ने गरेका छन् ।

धुम्रपानमा सहरी क्षेत्रमा बस्नेले एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक डिल्लीराज जोशी बताउँछन् ।

नेपालीले रक्सी र चुरोटमा गर्ने खर्चमा परिवर्तन आएको छ । सन् ०१३-१४ मा भन्दा ०१४-१५ मा चुरोट (धुम्रपान) का लागि गरेको खर्च बढेको पाइएको छ । धुम्रपानमा अघिल्लो वर्ष सहरी क्षेत्रमा बसोबास गर्नेले एक हजार दुई सय आठ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार एक सय ७९ रुपैयाँ खर्च गर्ने गरेकोमा पछिल्लो वर्ष बढेर सहरी क्षेत्रमा एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का