कात्तिक २३, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा ध"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीको स्वास्थ्यमा भन्दा रक्सी-चुरोटमा खर्च धेरै

२०७३, २३ कार्तिक मंगलवार ०२:५२

कात्तिक २३, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार २३१ रुपैयाँ खर्च गर्छन् ।

विभागले निकालेको सन् ०१४-१५ को वार्षिक घरपरिवार सर्वेक्षणले सहरमा बस्ने मात्र नभएर ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले स्वास्थ्यका लागि भन्दा पनि मद्यपान र धुम्रपानमै बढी खर्च गरिरहेको देखाएको छ ।

ग्रामीण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान र धुम्रपानका लागि दुई हजार आठ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख रहेको छ ।

मद्यपानमा मात्रै सहरी क्षेत्रमा बस्ने व्यक्तिले वर्षमा तीन हजार सात सय ४४ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार चार सय ९३ रुपैयाँ खर्च गर्ने गरेका छन् ।

धुम्रपानमा सहरी क्षेत्रमा बस्नेले एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक डिल्लीराज जोशी बताउँछन् ।

नेपालीले रक्सी र चुरोटमा गर्ने खर्चमा परिवर्तन आएको छ । सन् ०१३-१४ मा भन्दा ०१४-१५ मा चुरोट (धुम्रपान) का लागि गरेको खर्च बढेको पाइएको छ । धुम्रपानमा अघिल्लो वर्ष सहरी क्षेत्रमा बसोबास गर्नेले एक हजार दुई सय आठ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार एक सय ७९ रुपैयाँ खर्च गर्ने गरेकोमा पछिल्लो वर्ष बढेर सहरी क्षेत्रमा एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन