कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के होला भारु प्रतिबन्धको प्रभाव ?, नेपालमा नोट साट्न नपाइने

२५ कार्तिक २०७३, बिहीबार ०१:१३

कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको रकम बैंकमा जम्मा गर्न सक्नेछन् । तर, भारतबाहिरका देशमा रहेका ती नोट कसरी व्यवस्थापन हुने भन्ने अन्योल छ ।

भारत सरकारको निर्णयको असर खुला सिमाना रहेको नेपाली बजारमा प्रत्यक्ष देखिन थालेको छ । आफूसँग भएको पैसा कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता नेपालीलाई परेको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि अहिलेसम्म यसबारे केही बताएको छैन ।

नेपालमा नोट साट्न नपाइने

नेपाल राष्ट्र बैंकले भारतमा नचल्ने घोषणा गरिएका नोट नसाट्न बैंक तथा वित्तीय संस्थालाई बुधबार परिपत्र गरेको छ । 

पत्रमा भनिएको छ, ‘नेपालमा भारु पाँच सय र एक हजार दरका नोटहरू खरिद–बिक्री तथा सटही नगर्नू–नगराउनू ।’ राष्ट्र बैंकको परिपत्रसँगै ‘डेनोमिनेसन’का भारु सटही रोकिएको छ । 

यसअघि सरकारले नेपाली र भारतीय नागरिकले भारु पाँच सय तथा एक हजार दरका नोट प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल भित्राउन तथा नेपालबाट बाहिर लैजान पाउने व्यवस्था गरेको थियो ।

अहिले केही भन्न सक्दैनौँ : राष्ट्र बैंक

भारु पाँच सय र हजारका नोट नेपालबाट संकलन गर्ने विषयमा अहिले नै केही भन्न नसकिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘भारतले अहिलेसम्म यो विषयमा हामीलाई केही भनेको छैन,’ सिवाकोटीले भने, ‘नेपाल राष्ट्र बैंकले अहिले नै कसैसँग पैसा लिएर जोखिम लिँदैन ।’ 

नेपाली बजारबाट यी दुई दरका नोट फिर्ता कसरी लैजाने भन्ने विषय दुवै देशका केन्द्रीय बैंकले नै टुंगो लगाउने छन् । कहिलेबाट प्रक्रिया सुरु हुन्छ भन्ने अनिश्चित छ । 

‘वैध रूपमा भएका कारोबारबाट प्राप्त भएको पैसा फिर्ता हुन सक्छ, तर त्यो कहिलेबाट सुरु हुन्छ भन्ने कुनै टुंगो छैन,’ सिवाकोटीले भने, ‘भारतीय रुपैयाँ आर्जनको वैध स्रोत नखुलेको पैसाको जिम्मा हामीले लिन सक्दैनौँ । कसरी पैसा पाएको हो, त्यसको प्रमाण खुल्नुपर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह