कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के होला भारु प्रतिबन्धको प्रभाव ?, नेपालमा नोट साट्न नपाइने

२०७३, २५ कार्तिक बिहीबार ०१:१३

कात्तिक २५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको रकम बैंकमा जम्मा गर्न सक्नेछन् । तर, भारतबाहिरका देशमा रहेका ती नोट कसरी व्यवस्थापन हुने भन्ने अन्योल छ ।

भारत सरकारको निर्णयको असर खुला सिमाना रहेको नेपाली बजारमा प्रत्यक्ष देखिन थालेको छ । आफूसँग भएको पैसा कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता नेपालीलाई परेको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि अहिलेसम्म यसबारे केही बताएको छैन ।

नेपालमा नोट साट्न नपाइने

नेपाल राष्ट्र बैंकले भारतमा नचल्ने घोषणा गरिएका नोट नसाट्न बैंक तथा वित्तीय संस्थालाई बुधबार परिपत्र गरेको छ । 

पत्रमा भनिएको छ, ‘नेपालमा भारु पाँच सय र एक हजार दरका नोटहरू खरिद–बिक्री तथा सटही नगर्नू–नगराउनू ।’ राष्ट्र बैंकको परिपत्रसँगै ‘डेनोमिनेसन’का भारु सटही रोकिएको छ । 

यसअघि सरकारले नेपाली र भारतीय नागरिकले भारु पाँच सय तथा एक हजार दरका नोट प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल भित्राउन तथा नेपालबाट बाहिर लैजान पाउने व्यवस्था गरेको थियो ।

अहिले केही भन्न सक्दैनौँ : राष्ट्र बैंक

भारु पाँच सय र हजारका नोट नेपालबाट संकलन गर्ने विषयमा अहिले नै केही भन्न नसकिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘भारतले अहिलेसम्म यो विषयमा हामीलाई केही भनेको छैन,’ सिवाकोटीले भने, ‘नेपाल राष्ट्र बैंकले अहिले नै कसैसँग पैसा लिएर जोखिम लिँदैन ।’ 

नेपाली बजारबाट यी दुई दरका नोट फिर्ता कसरी लैजाने भन्ने विषय दुवै देशका केन्द्रीय बैंकले नै टुंगो लगाउने छन् । कहिलेबाट प्रक्रिया सुरु हुन्छ भन्ने अनिश्चित छ । 

‘वैध रूपमा भएका कारोबारबाट प्राप्त भएको पैसा फिर्ता हुन सक्छ, तर त्यो कहिलेबाट सुरु हुन्छ भन्ने कुनै टुंगो छैन,’ सिवाकोटीले भने, ‘भारतीय रुपैयाँ आर्जनको वैध स्रोत नखुलेको पैसाको जिम्मा हामीले लिन सक्दैनौँ । कसरी पैसा पाएको हो, त्यसको प्रमाण खुल्नुपर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ