कात्तिक २५, काठमाडौँ । कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ । 

शिक्षा मन्त्रालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २५, काठमाडौँ । कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ । 

शिक्षा मन्त्रालय"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र

२५ कार्तिक २०७३, बिहीबार ०१:३७

कात्तिक २५, काठमाडौँ । कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ । 

शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा ल्याएर एकल विषय प्रमाणपत्रको व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयका सहसचिव डा. हरि लम्सालले विद्यार्थीले परीक्षा दिएको विषयको मात्र प्रमाणपत्र पाउनुपर्दछ र यस्तो अभ्यास विश्वमा भएको बताउँदै भन्नुभयो, “यसका बारेमा कानुनमा व्याख्या हुनेछ ।”

विद्यार्थीलाई कुनै विषयमा उत्तीर्ण भएको प्रमाणपत्र चाहिएमा ती विषयको मात्र परीक्षामा सम्मिलित भइ प्राप्ताङ्क उल्लेख भएको प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालयले प्रदान गर्नेछ । 

२०५९ सालमा शिक्षा नियमावली संशोधन गर्दा कक्षा ८ मा विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट वाइज पास सिस्टम) अवलम्बन गरी जतिवटा विषयमा विद्यार्थी उत्तीर्ण भएको हुन्छ त्यतिवटा विषयको मात्र प्रमाणपत्र दिने व्यवस्था गरिएको थियो । 

तर यो व्यवस्था लागू भने हुन सकेन । कतिपय मुलुकमा तोकिएका मुख्य विषयमा उत्तीर्ण भए पुग्ने तर अन्य विषयमा अनुत्तीर्ण भए पनि उत्तीर्ण भएको भनी प्रमाणपत्र दिने अभ्यास छ ।

मन्त्रालयका सहसचिव डा. लम्सालले तोकिएका निश्चित विषयमा उत्तीर्ण भएपछि ती तह उत्तीर्ण भएको भनी प्रमाणपत्र दिनका लागि समस्या नहुने बताउँदै थप्नुभयो, “तर यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन त्यति सहज छैन ।”

केही वर्षअघि एसएलसी परीक्षा सुधारसम्बन्धी सुझाव दिन गठित कार्यदलले एसएलसी परीक्षामा अनुत्तीर्ण हुनेको दर घटाउन अनिवार्य पाँच विषयमा उत्तीर्ण भएका विद्यार्थीलाई उत्तीर्ण भएको प्रमाणपत्र दिनुपर्ने सिफारिस गरेको थियो । भारतको उत्तर प्रदेशलगायत बोर्डमा यस्तो प्रचलनमा छ । -गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली