कात्तिक २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक मसान्तभित्र संविधान संशोधन दर्ताका लागि संशोधनमा दलीय सहमति जुटाउन राजनीतिक परामर्शलाई तीव्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक मसान्तभित्र संविधान संशोधन दर्ताका लागि संशोधनमा दलीय सहमति जुटाउन राजनीतिक परामर्शलाई तीव्रत"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कात्तिक मसान्तभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ’

२०७३, २६ कार्तिक शुक्रबार ०१:५३

कात्तिक २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक मसान्तभित्र संविधान संशोधन दर्ताका लागि संशोधनमा दलीय सहमति जुटाउन राजनीतिक परामर्शलाई तीव्रता दिनुभएको छ । 

संशोधन मस्यौदाको चरणमा रहेको बताउँदै आउनुभएका प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । प्रधानमन्त्रीले कात्तिक मसान्तसम्म संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसक्ने जानकारी दुवै शीर्ष नेतालाई दिनुभएको छ ।

छठलगत्तै संशोधन दर्ता गर्ने आश्वासन असन्तुष्ट पक्षलाई दिँदै आउनुभएका प्रधानमन्त्रीले बिहीबार बिहान काँग्रेस सभापति देउवा र साँझ एमाले अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको हो । दुवै भेटमा प्रधानमन्त्रीले कात्तिकभित्र संशोधन संसद्मा दर्ता गर्ने विषयमा जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा छलफल भएको बताउनुभयो । ओलीले संविधान संशोधनको विषयमा प्रधानमन्त्रीले परामर्श गर्नुभए पनि संशोधनका विषय स्पष्ट नभएको बताउनुभयो ।

बैठकपछि उहाँले भन्नुभयो, “समसामयिक विषयमा नै छलफल भयो । संविधान संशोधनमा कुरा भए पनि संशोधन केका लागि केमा भन्नेमा स्पष्ट प्रस्ताव छैन । संशोधनको विषय ठोस रूपमा आएन ।”

ओलीसँगको छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले संशोधनमा सहमतिका लागि राजनीतिक परामर्श गर्नुभएको बताउनुभयो । आचार्यले कात्तिक मसान्तभित्र प्रस्ताव दर्ता गर्ने गरी परामर्श गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान संशोधनमा सहमतिका लागि प्रधानमन्त्रीले भेटवार्ता जारी राख्नुभएको हो । प्रधानमन्त्रीले विभिन्न पक्षसँग छलफल गर्नुभएको छ । ” आन्दोलनरत मधेसी मोर्चासँग पनि परामर्श गरेपछि कात्तिक मसान्तभित्र नै संशोधन दर्ता गर्ने सरकारको तयारी छ । 

सरकारले छठलगत्तै संशोधन प्रस्ताव दर्ता गर्ने गरी संविधानको मस्यौदा तयारी गरिरहेको छ । मुख्य चार विषयमा सरकारले संशोधनको तयारी गरिरहेको छ । -गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ