कात्तिक २६, काठमाडौं । बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौं । बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी हुँदै छ नेपालीसँग रहेका भारु नोटको व्यवस्थापन ?

२६ कार्तिक २०७३, शुक्रबार ०१:५६

कात्तिक २६, काठमाडौं । बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको भारु व्यवस्थापनका लागि भारतसमक्ष अनुरोध गरेको भए पनि जनतासँग भएको रकम के गर्ने भन्ने विषय छलफलमै आउन सकेको छैन । 

‘बैंकिङ प्रणालीमा रहेको भारु व्यवस्थापनका लागि भारतीय रिजर्व बैंक (आरबिआई) सँग अनुरोध गरिएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘वित्तीय संस्थाभन्दा बाहिर रहेका नोटको व्यवस्थापन कसरी गर्ने भन्ने अझै टुंगो लागेको छैन ।’

भारतले यी दुई दरका नोटमाथि प्रतिबन्ध लगाएको तीन दिन बित्दा पनि नेपाली जनतासँग भएको पैसा व्यवस्थापन कसरी गर्ने भन्ने कुनै टुंगो लाग्न नसकेको हो । नेपालका बैंक तथा वित्तीय संस्थासँग यी दुई दरका तीन करोड ३६ लाख भारु छ । 

त्यसबाहेक जनतासँग भएको रकमको अहिलेसम्म कुनै टुंगो लागेको छैन । ‘बैंकसँग भन्दा जनतासग भारु धेरै छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘वित्तीय प्रणालीमा भएको भारु त साटिन्छ ,तर हामीलाई समस्या भनेकै त्यही रकमको व्यवस्थापन गर्नु हुनेछ ।’

भारतीय बजारमा प्रतिबन्ध लागेकै भोलिपल्ट अर्थात बुधबारबाट नेपाल राष्ट्र बैंकले यी दुई दरका नोट नलिन बैंकलाई निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कारोबार रोकिसकेका छन् । 

‘जनतासँग रहेको २५ हजार रुपैयाँसम्म साटिदिन त अनुरोध गरेका छौं, तर उनीहरुको केही जवाफ आएको छैन,’ ढुंगानाले भने, ‘भारतीय रिजर्ब बैंकसँग पनि कुरा भएको छ, तर उनीहरु एक्लैको निर्णयले नहुने भएकाले केही प्रतिक्रिया आएको छैन ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल