कात्तिक २६, काठमाडौं । काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त पार्न निकै कठिन रहेकाले हाल यो कार्य परीक्षणकै रूपमा रहेको ऊर्जामन्त्रीले स्पष्ट गरेका छन् ।

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौं । काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त पार्न निकै कठिन रहेकाले हाल यो कार्य परीक्षणकै रूपमा रहेको ऊर्जामन्त्रीले स्पष्ट गरेका छन् ।

म"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकालाई लोडसेडिङमुक्त गर्ने प्रयास परीक्षणमै

२०७३, २६ कार्तिक शुक्रबार ०२:२७

कात्तिक २६, काठमाडौं । काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त पार्न निकै कठिन रहेकाले हाल यो कार्य परीक्षणकै रूपमा रहेको ऊर्जामन्त्रीले स्पष्ट गरेका छन् ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उपत्यकालाई लोडसेडिङमुक्त पार्न परीक्षण (ट्रायल) गरिएको र त्यसलाई निरन्तरता दिने प्रयास भइरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयले सबै विकल्प प्रयोग गरेर उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाइने पुनः प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यो परीक्षणका रूपमा रहेको छ ।  यसलाई निरन्तरता दिन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ तर लोडसेडिङमुक्त पार्न सकिन्छ भन्न सकिने अवस्थालाई हामीले ठूलो चुनौतीका रूपमा हेरिरहेका छौँ।’

उनले भने, ‘हामी परीक्षण अवधिमै छौँ, प्रयास गर्ने हो, प्रयास नगरेर त कहीँ पनि पुग्न सकिँदैन । ’ कुलेखानीको पानी सिध्याएर सस्तो लोकप्रियता कमाउन सरकारले लोडसेडिङमुक्त पार्ने कार्यक्रम ल्याएको भनेर सबैतिरबाट सोधिने गरेको बताउँदै मन्त्री शर्माले भने, “कुलेखानीको पानीमा मात्र भर नपर्ने र अन्य विकल्पको पनि सहयोग लिइनेछ । हाम्रो प्रयास जारी छ, सफलता मिल्छ होला ।’

यद्यपि उपत्यकालाई लोडसेडिङमुक्त पार्न विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन भइरहेको बताएका मन्त्री शर्माले ती विकल्पबारे भने स्पष्ट पारेका छैन्न ।

सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित सो पत्रकार सम्मेलनमा अधिकांश समयमा आफ्ना योजना सुनाउनुभएका मन्त्री शर्माले ऊर्जा मन्त्रालयजस्तो प्राविधिक कार्ययोजना भएको मन्त्रालयको काम स्वीकृत गर्न अप्राविधिक बस्ने अर्थ मन्त्रालयका अधिकारीलाई कुर्नुपर्ने भएकाले सोचेअनुरूप काम हुन नसकेको गुनासोसमेत गरे ।

नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्ने कार्य हाल भइरहेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै आमनागरिकका घरघरमा कर्मचारी गएर विद्युत् कम्पनीका लागि सेयर भराउने कामको थालनी गरिने र जनताको सहभागितामा ऊर्जा विकासको अभियान थालनी गरिनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ