कुसुम श्रेष्ठ,विद्यार्थी ।

तपाईंलाई सबैले राम्री भनिरहेका छन् । आफूलाई आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?

राम्री छु जस्तो त लाग्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुसुम श्रेष्ठ,विद्यार्थी ।

तपाईंलाई सबैले राम्री भनिरहेका छन् । आफूलाई आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?

राम्री छु जस्तो त लाग्द"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मलाई तरकारीवाली नभन्दिए हुन्थ्यो’

२६ कार्तिक २०७३, शुक्रबार ११:३८


कुसुम श्रेष्ठ,विद्यार्थी ।

तपाईंलाई सबैले राम्री भनिरहेका छन् । आफूलाई आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?

राम्री छु जस्तो त लाग्दैन । अरूले पनि मलाई राम्री देखेका होइनन् जस्तो लाग्छ । मैले तरकारी बोकेका बेला खिचेको फोटो पो राम्रो भएर सबैले मन पराएका हुन् । म असाध्यै राम्री भएर होइन नि ।

मेकअप पहिले पनि गर्नुहुन्थ्यो कि अहिले मिडियामा आउन थालेपछि गर्न थाल्नुभयो ?

मेकअप खासै गर्दिनँ । अलिअलि हो ।

मेकअपमा सधैँ लगाउने कुरा के हो ?

सामान्य क्रिम लगाउने गर्छु । त्योबाहेक बढी मेकअप गर्ने बानी छैन । क्रिमको नाम पनि याद छैन ।

फिल्ममा हिरोइन बन्ने अफर पाउनुभयो क्यारे । हिरोइन बन्ने हो ?

मैले पनि यो कुरा सुनेकी हुँ । तर, मलाई हिरोइन बन्नेभन्दा पनि पढाइ पूरा गर्ने चाहना छ । मेरो चाहना त नर्सिङ पढ्ने थियो । आमाबुबाको आर्थिक अवस्थाले नभ्याउने भएर म्यानेजमेन्ट पढेकी हुँ । एक्ली सन्तान हुँ । अहिलेलाई पढाइमा नै ध्यान दिने विचार छ ।

नाच्न आउँछ ?

आउँदैन । नाच्नगाउनमा खासै रुचि छैन ।

कुन नेपाली वा हिन्दी फिल्मकी हिरोइन राम्री लाग्छ ?

मैले फिल्म त्यति हेरेकी छैन । त्यसैले यही नै हिरोइन राम्री लाग्छ भन्ने छैन ।

तपाईंको बारीमा कुन तरकारी धेरै फल्छ ?

गोलभेँडा । सिमी र सागसब्जी पनि लगाउने गरेका छौँ । बेच्नलाई त्रिशूली पारी पृथ्वी राजमार्गको आडैमा रहेको चितवनको फिस्लिङ बजार लैजानुपर्छ । त्यहाँ सहकारीको संकलन केन्द्र छ ।

तपाईंलाई सबैभन्दा मीठो लाग्ने तरकारी कुन हो ?

मलाई रायोको साग असाध्यै मीठो लाग्छ ।

तपाईंलाई ‘तरकारीवाली’ भन्दा कस्तो लाग्छ ?

तरकारी बोकेको फोटो आएपछि र भारतीयहरूले त्यो फोटो देखेपछि तरकारीवाली भन्नु अस्वाभाविक थिएन । तर, यो चर्चा अहिले धेरै भयो ।

मेरो घर गोरखा भए पनि पढ्न चितवन बस्ने र बिदामा घर आउँदा आमाबुबालाई सघाउने गरेकी छु । तरकारी बेचेर बस्ने मात्रै पनि होइन । कक्षा ११ मा पढ्दै गरेकी विद्यार्थी हुँ । तरकारीवाली भन्ने नाम त्यति उपयुक्त भएन । मलाई तरकारीवाली नभन्दिए हुन्थ्यो !

पहिले र अहिले गाउँमा तपाईंलाई मान्छेले गर्ने व्यवहारमा के फरक छ ?

मलाई गाउँमा पहिला पनि सबैले माया नै गर्नुहुन्थ्यो । अहिले उहाँहरूले आफू र गाउँलाई नै चर्चामा ल्याएर राम्रो गरेकी छौ भन्नुहुन्छ । स्याबासी दिनुहुन्छ । -शुक्रबार साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो