कात्तिक २७, काठमाडौं । गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए ।

६ बर्ष लामो प्रेमसम्बन्धपछि उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, काठमाडौं । गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए ।

६ बर्ष लामो प्रेमसम्बन्धपछि उन"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस्तौंदेखि प्रेमविवाह हुने गाउँको रहश्य यस्तो छ !

२७ कार्तिक २०७३, शनिबार ०१:२६

कात्तिक २७, काठमाडौं । गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए ।

६ बर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् ।

विजय घले र सिर्जना घलेको जोडी पनि यही बर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको लामो प्रेम हालै विवाहमा बदलियो ।

नयाँ पुस्ताका यी जोडीको मात्र मायाप्रीति झाँगिएर विहे भएको होइन् । उनीहरुका बुबा–आमा, हजुरबा–हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो ।

गोरखाका उत्तरी भेग काशीगाउँ, केजोरा र आसपासका गाविसमा बसोबास गर्ने सबै युवकयुवतीको विवाह मायाप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।

‘यहाँ तीन जात, तीन धर्म छ’, बुद्धिमान घले भन्छन्, ‘बौद्ध, हिन्दु र क्रिश्चियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरु सबैको विवाह गर्ने परम्परा एउटै हो–‘पहिले माया प्रेम अनि विवाह ।’

कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै विहे हुन्छ, कसैको ५ /६ बर्ष पछि । अधिकांश विवाह परिवारले स्विकार नगर्दानगर्दै पनि विहे गर्छन् । पछि समायोजन हुँदै जान्छ । सुनिताका अनुसार पाँच सय भरधुरी  रहेको काशीगाउँमा एक वर्ष्मा सरदर १० १२  जोडिको बिहे हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले