कात्तिक २७, काठमाडौं । निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, काठमाडौं । निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत ज"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न सूचना राजमार्ग

२७ कार्तिक २०७३, शनिबार ०१:३२


कात्तिक २७, काठमाडौं । निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो ।

दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम (सासेक) अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० साल भित्र सकिनुपर्ने थियो ।

०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो । तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु नभएको हो ।

झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो ।

चार वर्षमा सूचना राजमार्ग निर्माणको काम ८५ प्रतिशत सकिएको परियोजनाका परामर्शदाता रामविक्रम दाहालले बताए । उनका अनुसार परियोजनालाई तीन भागमा बाँडेर निर्माण भइरहेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह