मङ्सिर ३, काठमाडौँ | लोडसेडीङको अन्त्यको लागि सरकारले अभियान थालेसँगै बिद्युतमा हुने कालो बजारी र बिद्धुत चोरीमा संलग्नहरुसंगको पर्दाफास हुँदै गएका छन् । यसै क्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ | लोडसेडीङको अन्त्यको लागि सरकारले अभियान थालेसँगै बिद्युतमा हुने कालो बजारी र बिद्धुत चोरीमा संलग्नहरुसंगको पर्दाफास हुँदै गएका छन् । यसै क्र"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भक्तपुरमा नारायणमान बिजुक्छेको पार्टी नै विद्युत् चोरीमा संलग्न

३ मंसिर २०७३, शुक्रबार ०३:२२

मङ्सिर ३, काठमाडौँ | लोडसेडीङको अन्त्यको लागि सरकारले अभियान थालेसँगै बिद्युतमा हुने कालो बजारी र बिद्धुत चोरीमा संलग्नहरुसंगको पर्दाफास हुँदै गएका छन् । यसै क्रममा भक्तपुर् जिल्लामा नारायणमान बिजुक्छेको पार्टीको योजनामा नै विद्युत् चोरी गरिएको छ । 

विद्युत् चोरीमा संलग्नलाई कानुनी कारवाहीको लागि प्रक्रिया सुरु नगरे विजुक्छेको पार्टीलाई नै प्राधिकरणले कालो सूचीमा राखेर कारवाहीको प्रक्रिया सुरु गरिने जनाएको छ । नेपाल मजदुर किसान पार्टीको योजनामा नै भक्तपुरमा विद्युत् चोरी हुने गरेको छ भने ग्रामीण क्षेत्रको विद्युत् चोरीमा एमाले अध्यक्ष खड्ग ओलीको विश्वासपात्रका रुपमा रहेका महेश बस्नेतको योजनामा विद्युत् चोरी हुने गरेको छ । विद्युत् चोरी नगर्न र चोरीमा संलग्नलाई कानुनी दायरमा ल्याउन उनीहरुलाई समेत सेचत गराइएको छ ।

यस्तै बारा, पर्सा, रौतहट, सिराहा, सप्तरी, महोत्तरी, धनुषा र चितवनमा समेत ७० प्रतिशत भन्दा बढी विद्युत् चोरी हुने गरेको छ । ती जिल्लाको विद्युत् चोरीमा समेत कर्मचारी यूनियन र राजनीतिक दलका नेताको संलग्नता रहेको छ । तराईका विशेष गरी आठ जिल्ला बढी विद्युत् चोरी हुने गरेको छ भने चितवन समेत विद्युत् चोरीका लागि कुख्यात रहेको छ । ती जिल्लाका राजनीतिक दलको संलग्नतामा हुने गरेको विद्युत् चोरीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । 

उनीहरुलाई कारवाही प्रक्रियामा नल्याए प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा कारवाहीको प्रक्रिया सुरु गर्ने जनाएको छ । प्राधिकरणका अनुसार कुल विद्युत् आपूर्तिको २५ प्रतिशत विद्युत् चोरी र चुहावट हुने गरेको छ त्यो भनेको कुल जडित क्षमता ९०० मेगावाट मध्ये २२५ मेगावाट हो । उक्त परिमाणको विद्युत् नियमित उपलब्ध हुन सके काठमाडौँ उपत्यकालाई सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिन्छ । 

तर कर्मचारी यूनियनका नेताको दबावमा विद्युत् चोरहरुलाई उम्काउने गरिएको छ । विद्युत् चोरी गर्नु अपराध भएपनि सोही अपराध गर्न काँग्रेस र एमाले सम्वद्ध यूनियनका नेताहरु लागेका छन् । उनीहरुलाई पहिलो निशाना बनाउने प्राधिरणले तयारी गरेको बताइन्छ । – सास/जनआह्वान साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो