2026-10-17 12:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

हर्षचोकका श्रेष्ठ परिवार पीडामा, चार बेपत्ताको छिटो खोजी गरिदिन आग्रह

भक्तपुर | सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशिल समाज बस्ती यतिखेर पीडामा डुबेको छ । लाङ्टाङ घुम्न गएका आफ्ना तीन सन्तान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएको थाहा पाएपछि परिवारसहित टोल–बस्ती नै पीडामा डुबेको छ ।

रोजगारीको सिलसिलामा विगत चार वर्षदेखि दुबईमा बस्दै आएकी २६ वर्षीया सनिता श्रेष्ठ असोज ९ गते मात्र यस वर्ष परिवारसँग दसैँ मनाउन दुबईबाट बिदा लिएर घर आउनुभएको थियो ।

रोट्रयाक क्लबको नेतृत्वमा दसैँको टीका सकेर सनितासँगै बहिनी २४ वर्षीया संस्कृति श्रेष्ठ र भाइ २० वर्षीय कृष्ण भन्ने चितलाल श्रेष्ठ १८ गते शनिबार दिउँसो करिब ५ः०० बजे बेरिङ खोल्छा तर्नेक्रममा आएको पहिरोसँगैको लेदो पानीले बगाएर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ आफूहरूले अकल्पनीय पीडा व्यहोर्नुपरेको वेपत्ता भएकाहरूका काका केशव श्रेष्ठले जानकारी दिनुभयो ।

१६ गते दसैँको टीका लगाएर रमाइलो गरेको परिवारमध्ये १७ गते बिहान करिब ५ः०० बजे पाँच दिने यात्रामा लाङ्टाङ घुम्न गएका उनीहरुसँगै भक्तपुर नगरपालिका–१० क्वाठण्डौँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत यात्रा पूरा नगर्दै बेपत्ता भएका छन् । उनीहरु बेपत्ता भएसँगै यात्रामा रहेका १६ जनाको टोलीमध्ये १२ जना साथी गुमाउँदाको पीडासहित यतिखेर रसुवामै विक्षिप्त अवस्थामा छन् ।

पहिलो दिन भक्तपुरबाट बेक्बो, दोस्रो दिन बेम्बोबाट लाङ्टाङ, तेस्रो दिन लाङ्टाङबाट खानजिङ गोम्पा, चौथो दिन खानजिङ गोम्पाबाट काञ्जिन रि र पाँचौँ दिन काञ्जिन रिबाट भक्तपुर फर्कने गरि १७ गते बिहान भक्तपुरबाट गएको १६ जनाको टोलीले गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङ्टाङतर्फको यात्रा तय गरेको थियो ।

श्रेष्ठका काका केशवले भन्नुभयो, “हामी हिजैदेखि सम्पर्कका लागि पटकपटक प्रयास गरिरहेका थियौँ । यात्रामै रहेका टोलीमध्येका अहिले बेम्बो होटलमा बसिरहेका चार जनासँग कुरा पनि भयो । उनीहरुका अनुसार खोल्छा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसँगैको लेदोमा पहिलोपटक सनिता बगिन् र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन, फेरि उनलाई बचाउन जाँदा भाई कृष्ण समेतलाई बगाएर अन्तिममा साथी रविलाई पनि बगाएछ ।”

एकले अर्कालाई बचाउँन जाँदा चारै जना बेपत्ता भएको टोलीमै रहेका प्रत्यक्षदर्शीले जानकारी दिएको उहाँले बताउनुभयो । शनिबार दिउँसो ४ः०० बजेसम्म आमा–छोरीको कुराकानी भइरहेको जानकारी दिँदै उहाँले राति करिब ८ः०० बजे एक्कासी बेपत्ता भएको जानकारी आएपछि दाजुको घरमा गएर सम्पर्कको प्रयास गरिरहेको र रसुवाको प्रहरीसँग सम्पर्क गरेको बताउनुभयो ।

तीन सन्तान एकैपटक बेपत्ता भएपछि पिता कृष्णबहादुर श्रेष्ठ र आमा सरिता श्रेष्ठ गहिरो शोकमा हुनुहुन्छ । पाँच छोरी र एक छोरा रहेका श्रेष्ठ दम्पतीका एक छोरा र दुई छोरी एकैपटक बेपत्ता भएपछि हिजैदेखि परिवार न भोक न निन्द्रा सबै छाडेर पीडामा डुबेको छ । उनीहरुको अवस्था अझै अज्ञात रहेकाले तीव्र रुपमा खोजी कार्य गरिदिन काका केशवले आग्रह गर्नुभयो । उनीहरुको अबस्था कस्तो छ भन्ने जानकारी परिवारले कुरिरहेको उहाँ बताउनुहुन्छ ।

यता भक्तपुर क्वाठण्डौँका बेपत्ता रवि श्रेष्ठका बुवा राजु श्रेष्ठ शनिबार ३ः०० बजेसम्म छोरोको आमा बुद्धलक्ष्मीसँग कुराकानी भइरहेको र होटलमा पुगेको जानकारी गराएको बताउनुहुन्छ । बीचमा फोन गर्दा सम्पर्क नभएको तर राति करिब ८ः०० बजे एक्कासी सामाजिक सञ्जालमा बेपत्ता भएको खबर आएपछि रसुवा प्रहरीसँग सम्पर्क गरेर जानकारी लिएको उहाँले बताउनुभयो ।

रवि बेपत्ता भएको खबरसँगै उहाँका वृद्ध हजुरबुबा, हजुरआमा, आमा बुद्धलक्ष्मी, बहिनी रविना र बुवा राजुको आँखा ओभाएको छैन भने खोजी गरेर सकुशल रहेको खबर सुन्ने आशामा सिङ्गो परिवार यतिखेल खबर कुरिरहेको छ ।

शुक्रबार बिहान करिब ४ः०० बजे साथीसँग घुम्न निस्केको छोरा बेपत्ता भएको खबरले शनिबार साँझदेखि श्रेष्ठ परिवार र आफन्तजन पीडामा छन् । छोराको छिटो खोजी गरिदिन रविका बुवा राजु सरकारलाई आग्रह गर्नुहुन्छ ।

यसबारेमा जानकारी लिँदा जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर बेपत्ताको खोजी कार्य जारी राखेको जानकारी दिनुभयो ।

उहाँले नुवाकोटको सिमानासम्म खोज तथा उद्धार टोली परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बिहानदेखि बेपत्ताको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु