मङ्सिर १४, काठमाडौँ । रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । 

वन विभागका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १४, काठमाडौँ । रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । 

वन विभागका"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ हजार वन रक्षक भर्ना गरिँदै

२०७३, १४ मंसिर मंगलवार ०२:१५

मङ्सिर १४, काठमाडौँ । रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । 

वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र वन रक्षक, ४ सय १६ वन रक्षक र ७ सय ७७ गेमस्काउटको भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

‘नयाँ पाठ्यक्रम बनाएर एकीकृत परीक्षा प्रणालीबाट जतिसक्दो चाँडो रिक्त वन रक्षक र गेमस्काउट भर्ना गर्दैछौं,’ उनले भने । पाठ्यक्रम तयार भएपछि विज्ञापन आहवान गरिनेछ र लोक सेवा आयोगले पदपूर्तीका लागि परीक्षा लिनेछ ।

विभागअन्तर्गत १ हजार ८३ सशस्त्र वन रक्षक, २८ सय वन रक्षक र निकुञ्ज विभागअन्तर्गत ८ सय २४ गेमस्काउटको दरबन्दी छ । गत वर्ष मात्रै ४ सय ६१ गेमस्काउटको नयाँ दरबन्दी थपिएको हो । आर्थिक वर्ष २०६९/७० पछि वन रक्षक र गेमस्काउट भर्नाका लागि विज्ञापन हुन सकेको छैन । तराई तथा चुरे मधेसका जिल्लामा वन गस्ती र निकुञ्ज/आरक्षको प्रभावकारी गस्ती हुन सकेको छैन ।

गस्ती नहुँदा जंगलको कोरक्षेत्रमा वनपैदावार र वन्यजन्तुको चोरी सिकार गर्ने समूह सक्रिय भएको पाइएको छ भने तस्करीका घटनासमेत बढेको देखिन्छ । ‘वन रक्षक र गेमस्काउट पदपूर्ति हुन सके भइरहेका तस्करी र सम्भावित चोरी तस्करी न्यून हुने अपेक्षा छ,’ उनले भने । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का