मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 
<"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष

२०७३, १८ मंसिर शनिबार ०२:२६


मंसिर १८, काठमाडौं । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । 

५ नम्बर प्रदेशका १२ वटै जिल्लाका नेता, कार्यकर्ता तथा सांसदहरूको उल्लेख्य सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलका नेता र जनताको जनसहभागिताले बुटवल सडक भरिभराउ भएको थियो । सडकमा जनसागर उर्लिएपछि प्रहरीलाई सुरक्षा व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको थियो ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको नेतृत्व एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीसहित विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए ।

विरोध ¥याली सुरु हुनुअघि १२ वटै जिल्लाका नेता कार्यकर्ताको भेला गरिएको थियो । भेलालाई एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका रायमाझी र कांग्रेसका भण्डारीलगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा बुटवलका सबैजसो संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।

बुटवलमा जनसागर उत्रिएपछि नेताहरू पनि हौसिएका थिए । उनीहरूले संशोधन प्रस्ताव फिर्ता नगराउँदासम्म आन्दोलन तेज पार्ने उद्घोष गर्दै विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए । सदन र सडकबाट सो प्रस्ताव फिर्ता गराउने उनीहरूले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने